उद्योगमन्त्री मातृका यादबले व्यापारीलार्इ भने-‘मसँगै तपार्इहरु पनि बहुलाउन तयार हुनुहोस्’

बिजमाण्डू
२०७४ फागुन २३ गते ११:०७ | Mar 7, 2018

काठमाडौं।उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले पैसा नकमाउने व्यक्तिलार्इ समाजले बहुला भन्ने गरेको बताएका छन्।

Tata
GBIME
Nepal Life

‘पैसा नकमाउने व्यक्तिले अहिलेको समाजले बहुला भन्छ।त्यसैले कतिपयले मलार्इ पनि बहुला भन्छन्’उनले नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका प्रतिनिधीमण्डलसँगको भेटमा भने,म मात्रै होइन तपार्इहरु पनि बहुलाउनको लागि तयार हुनुहोस्।राष्ट्रका लागि बहुलाउन तयार हुँदा तपार्इहरुलार्इ पनि राम्रै हुन्छ।‘उनले आफ्नो बुबा पनि व्यापारीनै भएको उदाहरण दिँदै तर सफल भने हुन नसकेको बताए।

‘मेरो बुबा पनि तपार्इहरुजस्तो होइन सानो व्यापारी हो।व्यापारी भएपछि कर छल्न खोजिहाल्छ’उनको भनार्इ उदृत गर्दै एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बिजमाण्डूसँग भने,’तर अहिले त्यस्तो क्राइम गर्ने कुरा सोच्दै नसोच्नुहोला।कर तिरेर राज्यलार्इ बलियो बनाउन लाग्नुहोला।’यादबले आयल निगममा चलखेल हुने बारे जानकार रहेको बताउँदै कसैले नाजायज काम गरेमा कर्मचारी मात्रै नभएर व्यापारीलार्इ समेत कारवाही गर्ने चेतावनी दिए।‘मलार्इ आयल निगममा चलखेल हुन्छ भन्ने थाहा छ।कसैले मेरो नाममा पैसा उठाएको छ भने त्यो कर्मचारी र व्यापारी दुबैलार्इ म छाडदिन’उनले भने।यादब मन्त्री भएपछि भेट्न पुगेका सबै उद्योगी व्यापारीलार्इ इमान्दार भएर काम गर्न आग्रह गर्दै आएका छन्।

उनले उद्योगमन्त्रीको पदभार ग्रहण गर्दा समेत कर्मचारीलार्इ कुनै सम्झौंता नगर्न निर्देशन दिएका थिए।पदभार ग्रहणमा मन्त्री यादबले दिएको मन्तब्य जस्ताको तस्तै

तपार्इहरु भन्नुहोला आउनेवित्तिकै भाषण पिलाउन थाल्यो भनेर।फेरी हामीहरुको बानी धेरै भाषण गर्ने हुन्छ ।अहिलेको बेला काम गर्ने हो।हामी जति बोल्छौ त्यति काम गरौं।तपार्इहरुले मलार्इ मन्त्री भन्दा पनि मित्र ठान्नुहोला।कसैले गडबढ गरे मात्रै मसँग खतरा हुन्छ।मान्छेहरुमा मातृका यादब उस्तो यस्तो छ भन्ने लाग्छ होला।अहिले पनि मलार्इ साथीहरुले अलिकता नरम भैदिनुस भन्छन्।

अनुशासन तोड्नेहरु प्रति म सम्झौंता गर्न सक्दिन। न पार्टीमा सम्झौंता गर्छु, न नेतासँग सम्झौंता गरे, न घरमा सम्झौंता गर्छु। म आफूप्रति पनि सम्झौंता गर्दिन।कहिलेकाँही आफूले गल्ती गरेपछि रियलाइज गर्छु।त्यसैले मेरो आग्रह के हो भने हामी सबै मित्रवत भएर काम गरौ।खुलेर कुरा गरौं।यो मन्त्रालयले मिलेर काम गरेको छ भन्ने एउटा उदाहरण पेश गरोस ।वाहिर एउटा हौवा छ त्यसको चाँही हामी अन्त्य गर्ने तिर लागौं।कतिपयले यो मन्त्रालयलार्इ नून तेलको मन्त्रालय पनि भन्छ।तर यसको महत्व धेरै छ।मैले विफ्रिङमा धेरै कुरा जानकारी पाए।यो मन्त्रालयबाट धेरै कुरामा जनतालार्इ सहयोग गर्न सक्छौं।जनताको सेवा गर्न सक्छौं।

जनतालार्इ सहयोग गर्ने कुरा प्रधान बनाउनुपर्छ।जनता कुरेर बसिरहेको छ। तर गोदाममा खाद्यान्न भण्डारण गरेर राखिएको कुरा म सहन्न। कुहेको चामल खुवाउने कुरा पनि म सहन्न। भूकम्प पीडितका नाममा अरु नाममा आउने खाद्यान्न पनि चेकजाँच गरेर राख्ने संयन्त्र तयार गरौ। हाम्रो संविधानले समाजवादको आधार तयार गर्ने लेखेको छ।समाजवाद भन्छन् तर राष्ट्रिय उद्योगधन्दा चौपट गरिरहेका छन्।औद्योगिक क्षेत्र कब्जामा छ।सीमित व्यक्तिहरुको कब्जामा छ।त्यसप्रति हामी सजग हनुपर्छ।यो टीम मिल्यो भने कसैको दाल गल्दैन।यही टीम कोही कसैसँग मिल्ने कोही अर्कोसँग मिल्ने भयो भने हामीले केही गर्न सक्दैनौं।हामी एकजुट नहुनेवित्तिकै हामीबीच झगडा पर्छ र समस्या हुन्छ।त्यसैले हामी मिलेर अघि बढौं।