लगानीको नयाँ बजार बन्दैछन् लग्जरी प्रोडक्ट, घरभन्दा महंगोमा बिक्यो ‘हिमालय बिर्किन’ ब्याग

बिजमाण्डू
२०७४ फागुन २२ गते १२:०१ | Mar 6, 2018

अनुमान गर्ने गार्हो पर्ने गरी एउटा हाते झोला अर्थात महिलाले बोक्ने ह्याण्ड ब्यागको हालै किनबेच भएको छ।  फ्रेन्च फेसन हाउस हर्मिजले बनाएको  २०१४ हिमालय बिर्किन नाम गरेको ह्याण्ड ब्याग हालै २७ लाख नौ हजार पाउण्डमा बिक्री भएको छ जुन रकमले नेपालमा मात्र होइन लण्डनमा नै घर किन्न सकिन्थ्यो।

Tata
GBIME
Nepal Life

अफ्रिकी घडियाल गोहीको छालाबाट बनाइएको यो ह्याण्ड ब्यागमा १८ क्यारेटको ह्वाइट गोल्ड तथा हिराको प्रयोग गरिएको बताइएको छ। महंगा ह्याण्ड ब्यागहरुको प्रचलन भएता पनि यति ठूलो रकम खर्चिएर किनिएको ह्याण्ड ब्याग भने यहि नै हुनसक्ने बताइएको छ।

अक्सन हाउस क्रिस्टीका अनुसार यस्ता लग्जरी ह्याण्ड ब्यागहरु प्रयोग पछि पनि फेरि किनबेच हुने गर्छ र यसको बजार लगातार बढिरहेको छ।


 

सन् २०११ मा ह्याण्ड ब्यागको  अक्सन बिजनेस ५१ लाख पाउण्ड रहेकोमा सन् २०१६ सम्म आइपुग्दा २६० लाख पाउण्ड भएको थियो।

हेरिटेज अक्सनका अनुसार विश्वभरमा महंगा ह्याण्डब्यागको बजार ७५० लाख पाउण्डदेखि झण्डै १० करोड पाउण्डको रहेको छ। यो बजार लगातार बढी नै रहेको अध्ययनले देखाएको छ। लगानीकर्ताले यसबाट राम्रो प्रतिफल पाउन थालेपछि लग्जरी ह्याण्ड ब्यागहरुमा लगानी गरेर राख्ने र किनबेच गर्ने प्रचलन निकै बढेको बताइन्छ। इन्भेष्टमेन्ट बैंक जेफरिजका अनुसार यस्ता लग्जरी ह्याण्ड ब्यागहरुमा लगानीबाट लगानीकर्ताहरुले बर्षेनी ३० प्रतिशत रिटर्न पाउन सक्छन्।