यामाहाको ‘स्कुटर डे’ मा सबै ब्राण्डका स्कुटर निःशुल्क वास गरिने, सबै सर्भिस सेन्टरमा सुविधा

बिजमाण्डू
२०७४ फागुन २१ गते १९:३५ | Mar 5, 2018

काठमाडौं। यामाहाले ७ मार्च (२३ फागुन) लाई ‘स्कुटर डे’ (स्कुटर दिवस) का रुपमा मनाउँदै यामाहाका सबै स्कुटर निशुल्क वास गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

स्कुटर डेका अवसरमा देशभरि आयोजना गरेका विभिन्न कार्यक्रम मध्ये निःशुल्क स्कुटर वास पनि एउटा हो। स्कुटर डेमा राइडरहरुले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निशुल्क वास गर्न सक्नेछन्।

मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्‍याएको योगदानको कदर गर्दै यामाहाले ‘स्कुटर डे’ मनाउन लागेको हो। स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउने भएकाले स्कुटरको समपर्णमा स्कुटर डे मनाउन लागेको यामाहाले जारि गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। ‘स्कुटर डे’ यामाहाले गत साता सुरु गरेको ‘एसस्कुटर’ अभियानकै एउटा हिस्सा हो।

ट्राफिकलाई दुई वटा स्कुटर

‘स्कुटर डे’कै दिन आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्नेछ।काठमाडौंको ट्राफिक व्यवस्थापनमा थोरै मात्र भए पनि सहयोग पूग्ने अपेक्षाले ट्राफिक प्रहरीलाई स्कुटर दिन लागेको यामाहाको दावी छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै सम्भवतः पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गर्दै स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत राखेको छ।

‘स्कुटर डे’मा यामाहाले काठमाडौंका पाँच स्थान (बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, कुमारीपाटी र जडिबुटी) र यामाहा नेपाल तथा एसस्कुटर अभियानको फेसबुक पेजबाट पनि सडक सुरक्षासम्बन्धी सचेतना फैलाउने कार्यक्रमको पनि आयोजना गरेको छ।

‘राइडिङमा स्टाइल र कम्फोर्ट महत्वपूर्ण हुने र यामाहाका स्कुटरमा उक्त दुवै सुविधा पाईने हुँदा ‘राइडरहरुले यामाहाको स्कुटर मन पराएको पनि कम्पनीको दावी छ।