नेपाल टेलिकमको फोरजी: एक वर्षभित्रै सातै प्रदेशमा फोरजी, टेण्डरको मूल्यांकन हुँदै

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ फागुन २० गते १७:०३ | Mar 4, 2018
नेपाल टेलिकमको फोरजी: एक वर्षभित्रै सातै प्रदेशमा फोरजी, टेण्डरको मूल्यांकन हुँदै


काठमाडौं। नेपाल टेलिकमले एक वर्षभित्र फोरजी सेवा देशव्यापी बनाउने भएको छ।

Tata
GBIME
Nepal Life

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार एक वर्षभित्र सातै प्रदेशमा फोरजी सेवा पुर्याउने गरि प्रकृया अघि बढेको छ।टेण्डर र कम्पनी मूल्यांकन गर्न धेरै समय लाग्ने भएकोले एक वर्ष समय राखिएको उनले बतार्इन्।टेलिकमले फोरजी सेवा विस्तारका लागि आवश्यक उपकरण( कोर इक्विपमेन्ट र एक्सेस इक्विपमेन्ट) को  दुईवटा टेण्डर खोलिसकेको छ। कम्पनीले गत पुस २४ गते कोर इक्विपमेन्टको टेण्डर  खोलेको र एक्सेस नेटवर्कको टेण्डर पुस २६ गते खोलेको उनले जानकारी दिइन्।

स्वीचिङ इक्विपमेन्ट (कोर इक्विपमेन्ट) बिल्डीङका लागि जेटीइ र सिसिएसआइ लगायतका दुईवटा चिनियाँ कम्पनीले टेण्डर हालेका छन् भने सिंगापुरको माविनिर कम्पनीले टेण्डर हालेको छ। यसैगरी एक्सेस नेटवर्क (बिटीएस टावर लगायतका बाह्य उपकरण) का लागि चिनियाँ कम्पनी जेटीइ र सिसिएसआइ कम्पनीले टेण्डर हालेको छ। नेटवर्क वान र नेटवर्क टूका लागि यी दुई कम्पनीले टेण्डर हालेका छन्।

उनले भनिन् ,'टेलिकमले  हाल टेण्डर हालेका कम्पनीको प्रस्ताव मूल्यांकन गरिरहेको छ। यसमा थोरै लागतमा काम गर्ने कम्पनीलाई मात्र प्राथमिकता दिइनेछैन। प्राविधिक,व्यवसायिक,वित्तिय र कम मूल्यमा टेण्डर लगायतका पक्ष हेरेर अवस्था हेरेर ठेक्का दिइनेछ।'

वैद्यका अनुसार हरेक टेण्डर दुई चरणमा बाँडिएको छ।अहिले काठमाडौं र पोखरामा मात्रै टेलिकमले फोरजी सेवा दिइरहेको छ।सबैभन्दा पहिला फोरजी सेवा सुरु गरेपनि टेलिकमले एग्रेसिभ मुभ गर्न सकेको छैन।निजी सेवा प्रदायक एनसेलले भने ढिला फोरजी सेवा गरेपनि देशका विभिन्न स्थानमा सेवा पुर्याइसकेको छ।

टेलिकमले अठार सय  मेगाहर्ज ब्याण्डमा फोरजी संचालनको अनुमति पाएको थियो।अहिले पाँच लाख फोरजी ग्राहक रहेको टेलिकमले जनाएको छ।
फोरजी सेवामार्फत मोवाइल वेब एक्सेस, गेमिङ, एचडी( हाइ डेफिनेसन)मोवाइल टिभी, थ्रीडी टेलिभिजन लगायतका सुविधा लिन सकिन्छ।