नेपाल टेलिकमको होली अफर, राती १० बजेदेखि ६ बजेसम्म अनलिमिटेड कल ३५ रुपैयाँमै

बिजमाण्डू
२०७४ फागुन १६ गते १६:४८ | Feb 28, 2018

काठमाडौं। नेपाल टेलिकमले फागु पूर्णिमाका अवसरमा होली अफर' ल्याएको छ।
 
'होली अफर' मा अनलिमिटेड भ्वाइस नाइट कल, अनलिमिटेड अल टाइम डाटा, अनलिमिटेड नाइट डाटा, अनलिमिटेड भ्वाइस डाटा र एसएमएस लगायतका पाँच किसिमका सेवामा आकर्षक अफर दिन लागिएको टेलिकमले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।
 
अनलिमिटेड भ्वाइस नाइट कल अन्तर्गत ग्राहकले ३५ रुपैयाँमा राती दश बजेदेखि बिहान छ बजेसम्म तीन दिनसम्म कल गर्न सक्नेछन्।
 
अनलिमिटेड अल टाइम डाटा अन्तर्गत ग्राहकले ५० रुपैयाँमा चौबीस घण्टा अलटाइम डाटा प्रयोग गर्न सक्नेछन्।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार ग्राहकले  एक जिबीको डाटा थ्रिजी र फोर जीको गतिमा चलाउन सक्नेछन् भने समयावधि पछि २ सय ५६ केबीपिएसको गतिमा चलाउन सक्नेछन्।
  
ग्राहकले एक जिबीको थ्रिजी र फोरजीको गतिमा चल्ने अनलिमिटेड नाइट डाटा प्याक १५ रुपैयाँमा खरिद गर्न सक्नेछन्। यो सेवा राती १० बजे देखि विहान छ बजेसम्म प्रयोग गर्न सकिने कम्पनीले बताएको छ। कम्पनीको अनुसार समयावधी पछि उक्त डाटा २ सय ५६ केबीपिएसमा चलाउन सक्ने बिज्ञप्तीमा उल्लेख छ। 

ग्राहकले अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर एक घण्टाको लागि प्रयोग गर्न सक्नेछन्। २५ रुपैयाँ शुल्क लाग्ने अफर टेलिकमको नेटवर्कमा रहेर ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा लिन सक्ने कम्पनीले बताएको छ।
 
जिएसएम मोबाइलकर्ताले 'होली अफर' फागुन १७ गतेदेखि चैत १ गतेसम्म प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ। 'होली अफर' खरिदका लागि ग्राहकले *१४१५ # मा डायल गर्नुपर्ने पनि टेलिकमले जनाएको छ।