पूर्वका डिलरलाई एक्साइड ब्याट्रीको सम्मान, डाएमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधि प्रदान




काठमाडौं। सिप्रदी ट्रेडिङ्ग प्रालिअन्तर्गत एक्साइड ब्याट्रीले हालै आफ्ना डिलरहरुलाई सम्मान गरेको छ. जस अन्तर्गत पूर्वी क्षेत्रका डिलरहरुलाई भेला गरी एक्साइड ब्याट्रीले पूर्वि क्षेत्रीय डिलर मिट २०१७/१८ को आयोजना गरेको थियो । 


 
उक्त कार्यक्रममा आफ्नो उत्कृष्ट प्रतिफल दिने डिलरहरुलाई क्रमशः डाएमण्ड,  प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरिएको थियो। जसमा नेशनल इन्टरप्राइजेज इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो भने टायर सेन्टर बिराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरिएको थियो। यस्तै गोल्डेन डिलरको उपाधि रामकृष्ण इलेक्ट्रो पावर  झुम्कालाई प्रदान गरिएको थियो। 
 
साथै नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री ट्रेडर्स  धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज इटहरीलाई प्रदान गरिएको थियो। 


Share this Story

   

पूर्वका डिलरलाई एक्साइड ब्याट्रीको सम्मान, डाएमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधि प्रदान को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.