एक्स टेपको दरबारमार्गमा शोरुम विस्तार, क्रिकेटर ज्ञानेन्द्र मल्लले गरे उद्घाटन

बिजमाण्डू
२०७४ फागुन १२ गते १५:३३ | Feb 24, 2018
काठमाडौं। स्पोर्ट्स वेयर कम्पनी एक्स टेपले दरबारमार्गमा आफ्नो शाखा विस्तार गरेको छ। राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल तथा एक्स टेपका प्रतिनिधि जुअङ चाहउईले शनिवार रिवन काटेर सोरुमको संयुक्त रुपमा उद्घाटन गरे।
 

पोखरा सम्पन्न आहा रारा गोल्डकप फुटबललाई सह-प्रायोजन गरेको एक्स टेपको आगामी शाखा बौद्धमा खोल्ने कम्पनीले जनाएको छ। एक्स टेपले यसअघि काठमाडौंको रन्जना गल्लीमा सोरुम खोलिसकेको छ।नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विमल घर्ती मगर एक्स टेप नेपालका ब्राण्ड एम्बासडर हुन्।
 

यसबाहेक एक्स टेपले अमेरिक धावक जस्टिन ग्याटलिन, इंगलिस धावक क्रिस्टोफर कास्ट्रो नेटो र हङकङको फुटबल क्लब हङकङ रेन्जर्स एफसीलाई समेत प्रायोजन गरेको छ।

Tata
GBIME
Nepal Life