ग्लोबल आइएमई बैंकको शाखारहित सेवा थपियो, तनहुँ र लमजुङमा शाखारहित बैंकिङ सुरु

बिजमाण्डू
२०७४ फागुन ११ गते १६:१३ | Feb 23, 2018

काठमाडौं। ग्लोबल आइएमई बैंकले तनहुँ र लमजुङमा शाखारहित बैंकिङ सुरु गरेको छ। गत बिहीबारदेखि तनहुँको भानु नगरपालिका १०, कालिमाटी र लमजुङको मध्यनेपाल नगरपालिका ३, सोतीपसलमा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

Tata
GBIME
Nepal Life

तनहुँ जिल्लाको कालिमाटीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको भानु नगरपालिकाका मेयर उदयराज गौलीले उद्घाटन गरे। बैंकले स्थानीय उपेन्द्र बाबु तिवारीलाई शाखारहित बैंकिङ्ग सेवाको व्यवसायिक प्रतिनिधि नियुक्त गरेको प्रेस बिज्ञप्तीमार्फत जनाएको छ । यसैगरी लमजुङको सोतीपसलमा खोलिएको सेवाको मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेले उद्घाटन गरे।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि  बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ।   

 बैंकले ११५ वटा शाखा, १२७  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउण्टर र ७२ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिइरहेको जनाएको छ ।