राष्ट्रिय बीमा संस्थानको कार्यक्रममा पुगेर गभर्नर नेपालले भने- गाउँमा बीमा पहुँच पुर्याउनुस

बिजमाण्डू
२०७४ फागुन ११ गते १५:४३ | Feb 23, 2018

काठमाडौँ।राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले ग्रामिण क्षेत्रमा बीमाको पहुँच न्यून रहेको बताउँदै बीमाको पहुँच बढाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रिय बीमा संस्थानको ५१औं वार्षिकोत्सवका अवसरमा उनले यो आग्रह गरेका हुन्।उनले सम्पत्ति र दायित्वको जोखिम भार वहन क्षमता बीमा कम्पनीले राख्नुपर्ने बताए।अर्थसचिव शंकरप्रसाद अधिकारीले जोखिम व्यवस्थापन, वित्तीय पहुँच वृद्धि तथा सुरक्षित बचतको लागि बीमा व्यवसायकोे माध्यमबाट संस्थानले आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको बताए।

नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले समयानुकुल प्रविधिको विकास, सङ्गठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिष्पर्धामा उत्रिनुपर्ने बताए।संस्थानका अध्यक्ष डा. खोमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको बताए ।

संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले संस्थानको आफ्नो शेयर पूँजी, दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल, बीमाशुल्क, पूनर्बीमा कमिशन नै संस्थानको आर्थिक स्रोतको आधार रहेको बताए।उनले माथिल्लो तामाकोशी जलविद्युुुुत आयोजनामा लगानी गर्ने सम्झौता भई २१ करोड १८.लाख शेयर पूँजी र २ अर्ब ऋण लगानी गर्ने प्रतिवद्धता अनुरुप १ अर्ब ८० करोड प्रवाह भइ सकेको बताए।जलविद्युत लगानी तथा विकास कम्पनीमा १०० करोड शेयर लगानी गरिएको भन्दै प्रशासक थापाले नयाँ कम्पनी विद्युत उत्पादन कम्पनीमा ६.६ करोडको संस्थापक शेयर लगानी गरिएको जानकारी दिए।