सिदार्थ बैंकको साधारणसभा चैत लागेपछि, फागुन १९ सम्म शेयर किन्नेलाई लाभांस, पूँजी करिब ९ अर्ब

बिजमाण्डू
२०७४ फागुन १० गते १२:२१ | Feb 22, 2018
काठमाडौँ। सिदार्थ बैंक लिमिटेडले चैत ४ गते साधारणसभा डाकेको छ। यसका लागि बैंकले बुक क्लोज मिति फागुन २० गतेलाई तोकेको छ। फागुन १९ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्नेले बोनस पाउनेछन्। बैंकले गत वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। 
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी सात अर्ब पाँच करोड रुपैयाँ पुगेको छ। बैंकले दोस्रो त्रैमासमा ७७ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन गत फागुन २ गतेदेखि हकप्रद निष्कासन गरेको छ। हकप्रदमा शेयरधनीले चैत ६ गतेसम्म आबेदन दिन सक्छन्। बोनस र हकप्रद निष्कासनपछि बैंकको चुक्ता पूँजी आठ अर्ब ८४ करोड रुपैयाँ पुग्ने छ।