अनलाइनमार्फत हकप्रद दिने बढ्दै, १० हजार नाघे, सबैभन्दा बढी प्रभु बैंकका शेयरधनीको आवेदन

बिजमाण्डू
२०७४ फागुन १० गते १०:४४ | Feb 22, 2018

काठमाडौँ।तीन महिनामा अनलाइनबाट हकप्रदमा आवेदन दिनेको संख्या १० हजार नाघेको छ।

Tata
GBIME
Nepal Life

गत तीन महिनामा खुलेका १४ कम्पनीमा हकप्रदमा  १० हजार एक सय १० जनाले घरमै बसेर अनलाइनबाट आवेदन दिएका छन्। १४ कम्पनीमा सात करोड १७ लाख ५१ हजार रुपैयाँ बराबरको हकप्रदमा आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी)ले जनाएको छ। सबैभन्दा बढी प्रभु बैंकका शेयरधनीले दुई करोड १८ लाख रुपैयाँ बराबरको हकप्रदमा अनलाइनबाट आवेदन दिएका छन्। सबैभन्दा कम प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ६ लाख ६ हजार रुपैयाँ बराबरको अनलाइनबाट आवेदन गरेका छन्।

सीडीएससीले गत मंसिरदेखि आफ्नो साइट मेरो शेयर मार्फत हकप्रदमा समेत अनलाइन आवेदन दिने व्यबस्था गरेको थियो। सिभिल बैंकले निष्कासन गरेको हकप्रद बाट सीडीएससीले अनलाइन आवेदन लिन सुरु गरेको हो।सीडीएससीले प्राथमिक र हकप्रद दुवैमा नलाइनबाट आवेदन दिने व्यबस्था गरेको छ।

प्राथमिक र हकप्रदमा अनलाइनबाट लगानीकर्ताले सिडीएससीले उपलब्ध गराएको मेरो शेयरमार्फत आवेदन दिन सक्छन्।मेरो शेयर बाट आवेदन दिन लगानीकर्ताले न्यूनतम ५० रुपैयाँ शुल्क तिरेर डिम्याट खाता खोलेको ठाउमा गएर मेरो शेयरको सुविधा लिनु पर्छ। मेरो शेयरको सुविधा लिएपछि लगानीकर्ताले आफ्नो खाता भएको बैंकबाट सीआरएन नम्बर लिनुपर्छ। मेरो शेयर र बैंकबाट सीआरएन नम्बर प्राप्त गरेपछि लगानीकर्ताले अनलाइनबाटै प्राथमिक र हकप्रदमा आवेदन दिन  सक्छन्। 
                                            

Company Number of Application Number Shares Applied
Prudential Insurance Company Ltd. 129 6642
Shree Investment and Finance Company Ltd. 52 7092
Lumbini Bikas Bank Ltd. 540 11198
Central Finance Ltd. 169 11485
Gandaki Bikash Bank Ltd. 244 17157
Pokhara Finance Limited 3118 18816
Kamana Sewa Bikas Bank Ltd. 517 19426
Neco Insurance Ltd. 251 31151
SIDDHARTHA BANK LIMITED 792 32549
Karnali Development Bank Ltd. 153 45278
Shangrila Development Bank Ltd. 336 74714
Green Development Bank Ltd. 1132 105137
Civil Bank Ltd. 939 118224
Prabhu Bank Ltd. 1738 218644
Total 10110 717513