एफएनसीसीआर्इ उपाध्यक्षको निर्वाचन फागुन २५ गते, उपाध्यक्षमा किशोर र निरक प्रतिस्पर्धी

बिजमाण्डू
२०७४ फागुन ९ गते २१:०२ | Feb 21, 2018
काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षको निर्वाचन फागुन २५ गते हुने भएको छ।महासंघको आइतबार बसेको कार्यसमिति बैठकले फागुन २५ गते उपाध्यक्षको निर्वाचन गर्ने निर्णय गरेको हो।
 

जिल्ला नगर उपाध्यक्षमा निर्वाचित प्रमोद श्रेष्ठले म्याग्दी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि उनको पद खारेज भएको थियो। यो रिक्त पदमा भदौं १९ गते निर्वाचन गर्ने निर्णय भएपनि श्रेष्ठले आफूलार्इ गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्चमा रिट दायर गरे।उनको रिटमा सुनुवार्इ गर्दै तत्कालका लागि विशेष सभा स्थगित भएको थियो।अन्तरिम आदेशपछि अर्को आदेश नआएपछि महासंघले उपाध्यक्षको निर्वाचन गर्न लागेको हो।रिट दायर गर्ने प्रमोद समेत चेम्बर राजनीतिमा छिरे।उनी चेम्बरको प्रदेश चारको सभापति बनिसकेका छन्।

Tata
GBIME
Nepal Life

उपाध्यक्ष पदको निर्वाचन महासंघको केन्द्रीय कार्यालय टेकुमा हुनेछ।महासंघले सूचना जारी गर्दै सदस्यता नवीकरणका लागि आग्रह गरेको छ।महासंघको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा पराजित किशोरकुमार प्रधान र निरक केसी उम्मेदवार बन्ने छन्।निरकको पक्षमा वरिष्ठ उपाध्यक्ष गोल्छा छन्। अध्यक्ष भवानी राणा तटस्थ बसेकी छिन्। महासंघका उपाध्यक्ष चन्द्र ढकाल पनि तटस्थ बसेका छन्। निर्वाचनमा पराजित भइसकेका व्यक्तिलार्इ उपाध्यक्षमा ल्याउन नहुने पक्षमा गोल्छा समूह छ।

निर्वाचनकै बेला सहमतिको प्रयास हुँदा प्रधान नमानेको र फेरि हारेका व्यक्तिलार्इ उपाध्यक्षमा ल्याउने गलत नजिर राख्न नहुने पक्षमा छन्।

तर महासंघको राजनीतिमा सधै तुरुपको एक्का बनेका पूर्व अध्यक्ष चण्डिराज ढकाल भने सधै बलियो रहने गरेका छन्। महासंघ संघीय संरचनामा गएपछि पनि ढकालको छाँयाबाट टाढा हुन सकेको छैन।

 
प्रकाश साउद रेसबाट वाहिरिए
महासंघको उपाध्यक्ष पदका आकाक्षी प्रकाश साउद रेसबाट वाहिरिएका छन्।उनी नेपाल चेम्बर अफ कमर्श महासंघमा रुपान्तरण भएपछि प्रदेश ७को सभापति बनिसकेका छन्।