शाखा विस्तारमा सेञ्चुरी बैंक पनि एग्रेसिभ, एकैपटक पाँच नयाँ शाखा, बैंकको शाखा ९४ पुग्यो

बिजमाण्डू
२०७४ फागुन ९ गते १६:२९ | Feb 21, 2018
शाखा विस्तारमा सेञ्चुरी बैंक पनि एग्रेसिभ, एकैपटक पाँच नयाँ शाखा, बैंकको शाखा ९४ पुग्यो


काठमाडौं।सेञ्चुरी कमर्सियल बैंकले शाखा विस्तारमा एग्रेसिभ बनेको छ।बैंकले एकै पटक पाँच वटा नयाँ शाखा संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

बैंकले खोटाङ जिल्लाको लामिडाँडा गाउँपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ जिल्लाको ग्रामथान गाउँपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालय संचालनमा ल्याएको हो।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले पाँच वटै शाखाको केन्द्रीय कार्यालयबाट शुभारम्भ गरे।योसँगै बैंकको शाखा ९४ वटा पुगेको छ।