चैत २ गतेदेखि भृकुटीमण्डपमा ‘मेड इन नेपाल’ प्रदर्शनी, हातले बनेका सामाग्रीको प्रवर्द्धन गरिने

बिजमाण्डू
२०७४ फागुन ९ गते १५:३६ | Feb 21, 2018

काठमाडौं। राजधानीमा मेड इन नेपाल-वस्तु तथा सेवा प्रदर्शन हुने भएको छ। आगामी चैत २ गते सुरु हुन लागेको प्रदर्शनीमा हातबाट बनेका सामाग्रीहरु प्रदर्शनीमा राखिनेछ।

Tata
GBIME
Nepal Life

नेपाल युवा उद्दमी मञ्चले चौथो पटक आयोजना गर्न लागेको प्रदर्शनीमा  नेपालमै उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन गरिने बताइएको छ। मञ्चका अनुसार स्वदेशमै उपलब्ध वस्तु तथा सेवाप्रति सर्वसाधरणको चासो बढाउन उक्त प्रदर्शनी आयोजना गर्न लागिएको हो।

मञ्चले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालमै उत्पादित वस्तु तथा सेवालाई विस्तार गर्न पहल गर्ने बिज्ञप्तीमार्फत जनाएको छ।  'हाम्रो पनि राम्रो पनि' नारा सहितको प्रदर्शनीमा विभिन्न जिल्लाका जम्मा १ सय ५० वस्तु उत्पादक तथा सेवा प्रदायक उद्योगले भाग लिने बताइएको छ।
 
प्रदर्शनीस्थलमा  प्रवेश शुल्क नलाग्ने पनि मञ्चले बिज्ञप्तीमा उल्लेख गरेको छ। प्रदर्शनीले सामाजिक जागरुकता र राष्ट्रिय अर्थतन्त्रको बिकासमा टेवा पुर्याउने उद्देश्य राखेको मञ्चले जनाएको छ। प्रदर्शनी चैत ४ गतेसम्म चल्ने छ।