को हुन रसुवागढी र सान्जेनका योग्य आवेदक, आवेदन दिन जाँदा नछुटाउनुस् यी कागजात

बिजमाण्डू
२०७४ फागुन ८ गते १४:३५ | Feb 20, 2018
काठमाडौं। रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले निष्काशन गर्न लागेको प्राथिमक शेयर निष्काशन (आइपिओ)मा आवेदन दिन कमर्चारी सञ्चय कोषमा २०६८ साल मंसिर २२ गतेसम्म बहाल रहेका सञ्चयकर्ताले पाउने छन्।

Tata
GBIME
Nepal Life

यस्तै रसुवागढी हाइड्रोपावरको हकमा सञ्चय कोषमा २०७४ पुष २० गतेसम्म र सान्जेनको हकमा २०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्यकर्ताले पाउने छन्। यसमा २०६८ साल मंसिर २२ गतेसम्म सञ्चयकोषमा सञ्चय गर्नेले आवेदन दिन पाउछन् अर्थात २०६८ साल मंसिर २३ गते सञ्चय कोषबाट हटेकाले पनि पाउनेछन् तर २१ गते नै हटेका छन् भने पाउदैँनन्। 
 

सान्जेनको हकमा २०७४ मंसिर २६ गतेसम्ममा कायम भएका सम्पुर्ण सञ्चयकर्ताले आइपिओमा आवेदन दिन पाउने छन् तर मंसिर २७ गतेबाट आवद्ध भएकाले पाउदैनन्। त्यस्तै रसुवागढीको हकमा २०७४ पुष २० गते भन्दा पछाडी आवद्ध भएकाले भने पाउदैनन। 
 
आवेदन दिन जाँदा केके लैजाने
आइपिओ आवेदनको लागि सञ्यकर्ता स्वयं आफ्नो परिचय खुल्ने परिचय पत्र साथै संचयकर्ता परिचय पत्र अनिवार्य बोक्नु पर्नेछ। आवेदन दिनु भन्दा अगाडि डिम्याट खाता अनिवार्य खोल्नु पर्नेछ। आफ्नो डिम्याट खाता नम्बर लिएर आफ्नो खाता रहेको बैंकमा जानु पर्नेछ यदि आफ्नो खाता रहेको बैंकले सिआस्वा सुविधा दिएको छैन भने सिआस्वा प्रदान गर्ने बैंकमा खाता खोल्नु पर्नेछ। सिआस्वा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट सिआरएन नम्बर लिनु पर्नेछ। यो नम्बर तपाइको खाता भएको बैंकले उपलब्ध गराउनेछ। 
 
यसै नम्बरबाट नै आवेदन दिन पाउने सिस्टम रहेको हुन्छ। सिआस्वा प्रणाली अनलाइन प्रणाली भए पनि यसमा आवेदन स्वयं उपस्थित हुनु पर्ने प्रावधान रहेको छ। तर अन्य कम्पनीको हकप्रद, आइपिओ, एफपिओमा आवेदन दिदा यसै सिआरएन नम्बरमार्फत घरमै बसेर आवेदन दिन पाइन्छ। यी दुर्इ कम्पनीको हकमा तोकिएका व्यक्तीले मात्र आवेदन दिन पाउने भएकाले तोकिएका व्यक्ति नै उपस्थित हुनु पर्ने व्यवस्था गरेको हो।   
 
कसरी तय भयो आवेदन दिन पाउने अवधि
कम्पनी र कर्मचारी सञ्चय कोषबिच ऋण संझौता भएको मिति २०६८ मंसिर २२ गते थियो। यसै मितिलार्इ कम्पनीले बहाल रहेका सञ्चयकर्ता तोकेको हो। त्यस्तै प्राथमिक शेयर निष्काशनको लागि धितोपत्र बोर्डले कम्पनीलार्इ दिएको स्वीकृति दिएको मिति २०७४ मंसिर २२ गतेले आवेदन दिन सक्ने अन्तिम मिति तय गरेको साञ्जेन जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए।
 
सिआस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था 
S.No. Bank Name
1 Agriculture Development Bank Ltd.
2 Bank of Kathmandu Ltd.
3 Central Finance Ltd.
4 Century Commercial Bank Ltd.
5 Citizens Bank International Ltd.
6 Deva Bikas Bank Ltd.
7 Everest Bank Ltd.
8 Excel Development Bank Ltd.
9 Gandaki Bikas Bank Ltd.
10 Garima Bikas Bank Ltd.
11 Global IME Bank Ltd.
12 Goodwill Finance Ltd.
13 Guheshwori Merchant Banking Finance Ltd.
14 Gurkhas Finance Ltd.
15 Himalayan Bank Ltd.
16 ICFC Finance Ltd.
17 Janata Bank Nepal Ltd.
18 Jebils Finance Ltd.
19 Jyoti Bikash Bank Ltd.
20 Kailash Bikas Bank Ltd.
21 Kamana Sewa Bikas Bank Ltd.
22 Kankai Bikas Bank Ltd.
23 Kumari Bank Ltd.
24 Laxmi Bank Ltd.
25 Lumbini Bikas Bank Ltd.
26 Machhapuchhre Bank Ltd.
27 Mahalaxmi Bikas Bank Limited.
28 Manjushree Financial Institution Ltd.
29 Mega Bank Nepal Ltd.
30 Muktinath Bikas Bank Ltd.
31 Nabil Bank Ltd.
32 Nepal Bangladesh Bank Ltd.
33 Nepal Bank Ltd.
34 Nepal Credit & Commerce Bank Ltd.
35 Nepal Investment Bank Ltd.
36 Nepal SBI Bank Ltd.
37 NIC Asia Bank Ltd.
38 NMB Bank Ltd.
39 OM Development Bank Ltd.
40 Prabhu Bank Ltd.
41 Prime Commercial Bank Ltd.
42 Purnima Bikas Bank Ltd.
43 Rastriya Banijya Bank Ltd.
44 Reliance Finance Ltd.
45 Sanima Bank Ltd.
46 Shangri-la Development Bank Ltd.
47 Shine Resunga Development Bank Ltd.
48 Siddhartha Bank Ltd.
49 Sindhu Bikash Bank Ltd.
50 Srijana Finance Ltd.
51 Sunrise Bank Ltd.
52 Tinau Bikas Bank Ltd.
53 Tourism Development Bank Ltd.
54 United Finance Ltd.