गणतन्त्रपछिका सरकारहरुलाई कसरी लिए शेयरका लगानीकर्ताले? यस्तो देखियो इन्फोग्राफिक्समा

बिजमाण्डू
२०७४ फागुन ८ गते १२:३० | Feb 20, 2018
गणतन्त्रपछिका सरकारहरुलाई कसरी लिए शेयरका लगानीकर्ताले? यस्तो देखियो इन्फोग्राफिक्समा
काठमाडौं। शेयर बजार कुन दिशामा अगाडि बढ्ने भन्ने बिषय सरकारको नेतृत्व गर्ने दलको राजनीतिक सिद्धान्त र वादमा पनि भर पर्ने गरेको देखिएको छ। 


 
पूँजीवादी सिद्धान्त बोकेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्दा पूँजी बजार चलायमान भएर सुचक बढ्ने र वामपन्थी दलहरु नेतृत्वमा पुग्दा घट्ने भन्ने आम लगानीकर्ताको बुझाइ छ। तर वाम पृष्ठभूमिका केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा शेयर सुचक अहिलेसम्मकै उच्च १८८१ अंकसम्म पनि पुगेको थियो।
 
माओवादीका अध्यक्ष पुप्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री भएका बेला अर्थमन्त्रीका रुपमा डा. बाबुराम भट्टराई थिए। त्यस बेला शेयर बजार झरेका कारण बामपन्थी आउँदा बजारलाई फाइदा नहुने बुझाइ पनि लगानीकर्तामा गढेको थियो।
 
पछिल्लो समय भने लगानीकर्तामा बामपन्थी पृष्ठभूमिका भएका दल र नेपाली कांग्रेसजस्तो पूँजीवादी धारण भएको दललाई हेर्ने नजरमा खासै फरक देखिन छाडेको छ। 'सुरुवाति दिनहरुमा माओवादीलाई शेयर बजारले शंका गरेपनि पछिल्लो समय माओवादी, एमाले र कांग्रेसलाई बजारले एउटै देख्न थालिसकेको छ,' नेपाल इन्भेष्टर फोरमा पूर्वअध्यक्ष आत्मराम घिमिरेले भने।
 
इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका पौडेलले लगानीकर्ताले अबका दिनमा सरकारको स्थायित्वलाई महत्व दिन थालेको बताए। 'भोलिका दिनमा सरकारले लिने नीति तथा कार्यक्रमले पूँजी बजारको भविष्य निर्धारण गर्छ,' उनले भने। 
 
यहाँ हामीले गणतन्त्र आएपछि शेयर बजारको सुचकलाई नियाल्ने कोशिस गरेका छौं। इन्फोग्राफिक्समा सरकार गठन हुनु अघिल्लो दिनको सुचक तथा भोली पल्ट सरकार बनेपछि र त्यसपछिका दुई/चार दिनसम्म कायम भएको सुचकलाई केलाउने प्रयास गरेका छौं। इन्फोग्राफिक्समा सरकार बन्नु अघिल्लो दिन, सरकार बनेको दिन र त्यसपछिका दुई/तीन दिनको शेयर सुचकलाई लिइएको छ।

Tata
GBIME
Nepal Life