लुम्बिनीमा आउने पर्यटकको बसार्इ अवधि कम, होटल व्यवसाय संकटमा, कसरी लम्ब्याउने अवधि?

बिजमाण्डू
२०७४ फागुन ७ गते १३:०८ | Feb 19, 2018

रुपन्देही। लुम्बिनीमा विदेशी पर्यटक आएपनि बसार्इ भने कम छ।लुम्बिनी विकास कोषका अनुसार विदेशी पर्यटक लुम्बिनीका मूख्य गन्तब्य घुमेर तत्कालै फर्किने गरेका छन्।‘पर्यटकको बसार्इ अवधि अत्यन्तै कम छ।

Tata
GBIME
Nepal Life

लुम्बिनीमा पर्यटकको बसार्इ अवधि लम्ब्याउन सकिएन भने निजी क्षेत्रले लगानी गरेका अर्बौका होटलका परियोजना समस्यामा पर्छन्’कोषका सूचना अधिकृत हरिध्वज मल्लले भने।लुम्बिनीका होटल संचालक गोविन्द ज्ञवालीका अनुसार पर्यटक बसार्इ कम हुँदा होटल र रेष्टुरेन्ट समस्यामा परेका छन्।लुम्बिनीमा तीन दर्जन होटल छन् भने एक दर्जन गेष्टहाउस छन्।

सन् २०१७मा १ लाख ४५ हजार ७ सय ९७ विदेशी पासपोर्ट होल्डर, १ लाख ५५ हजार ४ सय ४४ भारतीय र १२ लाख ५१ हजार ३ सय ४५ जना आन्तरिक पर्यटक लुम्बिनी भ्रमणमा आएका छन्।