लगानी भित्र्याउन प्रदेशहरुबीच प्रतिस्पर्धा हुनुपर्ने महासंघका उपाध्यक्ष ढकालको भनाइ

बिजमाण्डू
२०७४ फागुन ३ गते १८:४८ | Feb 15, 2018
लगानी भित्र्याउन प्रदेशहरुबीच प्रतिस्पर्धा हुनुपर्ने महासंघका उपाध्यक्ष ढकालको भनाइ
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको र सबै प्रदेशको समानुपातिक आर्थिक विकास आवश्यक रहेकोले स्वदेशी विदेशी लगानी भित्राउन प्रदेश प्रदेशको बीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। 
 
'उद्योग ,व्यापार, कृषि एवम पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास' भन्ने नाराका साथ दाङ् उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा आयोजित चौथो दाङ् व्यापारिक तथा पर्यटन महोत्सवलाई सम्बोधन गर्दै ढकालले लगानी नभइ मुलुकको विकास हुन नसक्ने बताए। 
 
भारतको प्रदेश सरकारले लगानी भित्राउन विभिन्न विदेशी लगानी र निजी क्षेत्रलाई सुविधा दिने गरेको स्मरण गर्दै त्यस्तै सबै प्रदेशहरुमा समुचित लगानी भित्र्याउन त्यस्तै प्रतिस्पर्धा नेपालमा पनि हुनुपर्ने बताए। 
 
एशियाकै दोस्रो ठूलो उपत्यका दाङमा कृषि पर्यटन र खानी उद्योगको क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै यी सम्भावनाहरुलाई दिगो आर्थिक विकासको माध्यम बनाउने कार्यमा स्थानीय उद्योग वाणिज्य संघहरु निजी क्षेत्र र लगानी गर्न चाहने इच्छुक सबैसंग मिलेर काम गर्न नेपाल उद्योग वाणिज्य संघ सदैव तयार रहेको बताए।

Tata
GBIME
Nepal Life