ओभरड्राफ्ट कर्जा सीमाले शेयर बजारलार्इ कस्तो असर गर्छ? शेयर लगानीकर्ताको यस्तो छ धारणा




काठमाडौं। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षामार्फत ओभरड्राफ्ट लोनमा सीमा तोकेको छ।



ओभरड्राफ्टमार्फत शेयर र घरजग्गामा ऋण प्रवाह भएको पाइएपछि राष्ट्र बैंकले कडार्इ गरेको हो। राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जाको सीमा १५ प्रतिशतमा झारिदिएको छ। बैंक तथा वित्तीय संस्थाहरुको डोभरड्राफ्टमा औषत लगानी साढे १७ प्रतिशत छ। साढे २ प्रतिशत बिन्दुले लगानी झार्नु पर्ने भएकाले बैंकहरुले ऋणीहरुलाई कस्ने हुँदा बजारमा असर गर्न सक्छ।

राष्ट्र बैंकको यो निर्णयले घटिरहेको शेयर बजारमा कस्तो प्रभाव पर्छ? लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले ओभरड्राफ्टको रकम शेयर बजारमा पनि लगानी हुने गरेको बताउँदै यसले शेयर बजार प्रभावित हुने बताउँछन्।‘राष्ट्र बैंकको पछिल्लो निर्णयले शेयर बजारलार्इ प्रभावित बनाउनेछ’उनले भने।उनले राष्ट्र बैंकको निर्णयले दीर्घकालिन रुपमा अर्थतन्त्रलार्इ फाइदा पुर्याउने बताए।

नेपाल इन्भेष्टर फोरमका सद्स्य दीपेन्द्र अग्रवालका अनुसार राष्ट्र बैंकले तोकेको सीमाले शेयर बजारमा ठूलो असर नगर्ने बताउँछन्।‘बैंकहरुले ७५ लाख रुपैयाँ भन्दा बढी  ओभरड्राफ्ट दिएकै छैन,उनले बिजमाण्डूसँग भने, यदि यो नाघ्यो भने रोलिङ वा डिम्याण्ड लोनमा परिणत गर्ने भएकोले ठूलो असर हुँदैन।‘उनले राष्ट्र बैंकले मार्जिन ल्यान्डिङ संबोधन नगरेको बताए।‘गत वर्ष शतप्रतिशत मार्जिन लोनको प्रावधान ५० प्रतिशतमा झारियो’अग्रवालले भने,हामीले यसलार्इ ७० प्रतिशत पुर्याउन भनेका थियौ।तर राष्ट्र बैंकले संबोधन गरेन्।


Share this Story

   

ओभरड्राफ्ट कर्जा सीमाले शेयर बजारलार्इ कस्तो असर गर्छ? शेयर लगानीकर्ताको यस्तो छ धारणा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.