आगलागीका कारण त्रिभुवन विमानस्थल ९ मिनेटका लागि बन्द, सम्पूर्ण उडान तथा अवतरण रोकियो

बिजमाण्डू
२०७४ फागुन १ गते १७:१७ | Feb 13, 2018
काठमाडौं। फोहोरको थुप्रोमा आगलागी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानको उडान तथा अवतरण प्रभावित बनेको छ। मंगलबार दिउँसो साढे ४ बजेबाट आगलागी हुँदा विमानस्थल ९ मिनेटका लागि बन्द गरिएको थियो। 

Tata
GBIME
Nepal Life


नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथा ठाकुरले मंगलबार दिउँसो ४:३४ बजेदेखि ४:४३ बजेसम्म विमानस्थल बन्द गरिएको जानकारी दिए। 
 
'विमानस्थलको पश्चिमतर्फ रहेको डोमेस्टिक टर्मिनलको कार पार्किङ नजिकै फोहोर थुपारिएको ठाउँमा आगलागी भएको रहेछ। के कारणले आगो लाग्यो थाहा हुन सकेको छैन। आगलागीका कारण ९ मिनेट विमानस्थल बन्द गर्नुपर्यो्।' उनले भने। 
 
अपरान्ह ४:४३ बजेपछि विमानस्थल नियमित रुपमा सञ्चालनमा आइसकेको ठाकुरले जानकारी दिए। अहिले त्यहाँ लागेको आगो नियन्त्रणमा लिइसकिएको छ।