नेपाल टेलिकमको नाफा ५% ले घट्यो, सेवा बेचेको आम्दानीमा गिरावट, इपिएस पनि झर्यो

बिजमाण्डू
२०७४ फागुन १ गते १०:४० | Feb 13, 2018
नेपाल टेलिकमको नाफा ५% ले घट्यो, सेवा बेचेको आम्दानीमा गिरावट, इपिएस पनि झर्यो
काठमाडौं। नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा ५ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षको पुसको तुलनामा यसपाली कम्पनीको नाफा ४३ करोड ५७ लाख रुपैयाँले घटेको हो। 
 
कम्पनीले पुससम्म ७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको पुसमा नाफा ७ अर्ब ९१ करोड रुपैयाँ थियो। कम्पनीले सेवा प्रदानमार्फत १९ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ। गत बर्ष यस्तो आम्दानी २० अर्ब ६४ करोड रुपैयाँ थियो। त्यस्तै अन्य आम्दानी दुर्इ अर्ब ६६ करोड रुपैयाँ छ। 
 
कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७५ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको छ। आम्दानीमा गिरावट आउँदा प्रति शेयर आम्दानी ६ रुपैयाँले घटेको छ। कम्पनीको प्रति शेयर आम्दानी ९९ रुपैयाँ छ। प्रति शेयर नेटवर्थ पनि ६२५ रुपैयाँबाट ६०२ रुपैयाँमा घटेको छ। 
 

Tata
GBIME
Nepal Life