भारतको प्रख्यात अनलाइन प्ल्याटफर्ममा गोर्खा बियरको क्याम्पियन,कसरी पर्यो क्याम्पियन?

बिजमाण्डू
२०७४ फागुन १ गते ०९:४७ | Feb 13, 2018
भारतको प्रख्यात अनलाइन प्ल्याटफर्ममा गोर्खा बियरको क्याम्पियन,कसरी पर्यो क्याम्पियन?


काठमाडौं। भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एमओएम) ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई महत्वपूर्ण स्थान दिएको छ।

Tata
GBIME
Nepal Life


कम्पनीको अनलाइन प्ल्याटफर्म (फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट ) मा स्थान दिएको हो ।गोर्खाको नयाँ क्याम्पियनमा गोर्खा बियरले सैनिकको त्यस्तो व्यक्तित्व र चरित्र झल्किने चिजहरुलाई दर्शाएको छ जसले उनीहरुलाई वास्तविक गोर्खा सैनिक बनाएको छ र यो क्याम्पियनले नेपालीहरुमा हुने तिनै वीर गोर्खाली सैनिकहरुको भावलाई देखाउन खोजेको छ,गोर्खा ब्रुअरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।एमओएमले मार्केटिङमा इनोभेसन गर्ने प्रडक्टलार्इ फलो गर्छ। 
 

गोर्खा बियरको यो अनलाइन क्याम्पियनलाई नेपालका युवाले समेत धेरै रुचाएका छन्। गोर्खा बियरको अनलाइन क्याम्पियनको प्रशंसा गर्दै एमओएमले भनेको छ, “यो क्याम्पियन साँच्चै नै अद्वितीय छ।लोयल्टी,कोर्टिएसनेस र रेस्पेक्ट शब्दलाई गोर्खालीको विशेषताहरुसँग आवद्ध गरेर देखाइएको छ । गोर्खाको भावलाई हामी सलाम गर्छौं ।”
 
गोर्खा बियरले यो भावलाई समावेश गरेर धारभन्दा निकै नै फरक क्याम्पियनको सृजना कम्पनीले जनाएको छ। 'एउटा टिपिकल एल्कोहल ब्राण्डसँग आवद्ध हुने उत्तेजित र लापरवाहीको भावबाट टाढा रहेर गोर्खा बियरले एउटा अद्वितीय क्याम्पियन बनाएको जसमा ब्राण्डको भ्यालुलाई राम्ररी उजागर गरिएको छ ।'एमओएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।