विभिन्न सामसङ्ग प्लाजामा मोवाइल एक्सचेञ्ज मेला जारी, १८ फेब्रुअरीसम्म मेला सञ्चालन हुने

बिजमाण्डू
२०७४ माघ २९ गते १७:३५ | Feb 12, 2018
विभिन्न सामसङ्ग प्लाजामा मोवाइल एक्सचेञ्ज मेला जारी, १८ फेब्रुअरीसम्म मेला सञ्चालन हुने


काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत संचालित सामसङ्ग प्लाजामा मोवाइल एक्सचेञ्ज मेला सुरु भएको छ। फेब्रुअरी ८ देखि १८ सम्म चल्ने यो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोवाइलसँग सामसङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सकिने आयोजकले जनाएको छ। 

Tata
GBIME
Nepal Life


 

अहिलेसम्म २ हजार भन्दा बढि मोवाइल सेटहरु एक्सचेञ्ज भईसकेका छन्। यो मेला उपत्यकाभर फैलिएका ७ वटा सामसङ्ग प्लाजाहरुमा संचालन भईरहेको जनाइएको छ। 
 
हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले कार्निभलको शुभारम्भ गर्दै यस्ता किसिमका अवसर ग्राहकलाई भविष्यमा पनि उपलब्ध गराउँदै जाने बताइन्। मेला सामसङ्ग प्लाजा दरवारमार्ग, महाराजगन्ज,सिभिल मल सुन्धारा, सुर्यविनायक भक्तपुर, नयाँ बजार, चुच्चेपाटीमा र कुपोन्डोलमा सञ्चालन भइरहेको छ।