बेबीलाइफ होमलाई सिटिजन्स बैंकको सहयोग, वार्षिकोत्सवको अवसरमा सिएसआर कार्यक्रम सञ्चालन

बिजमाण्डू
२०७४ माघ २९ गते १७:२७ | Feb 12, 2018
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले बेबीलाइफ होमलाई आर्थिक सहयोग गरेको छ। एचआईभी संक्रमित बालबालिकाको हेरचाह गर्दै आएको संस्थालाई बैंकले एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो। 
 
बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा उक्त रकमको चेक संस्थाका संचालक राजकुमार पुनलाई हस्तान्तरण गरिएको छ।

Tata
GBIME
Nepal Life

बेबीलाईफ होममा रहेका २३ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका संचालक पुनले जानकारी दिए।