काठमाडौंको वानेश्वरमा मुक्तिनाथ विकास बैंकले खोल्यो शाखा, देशभर ७४ स्थानमा शाखा विस्तार

बिजमाण्डू
२०७४ माघ २९ गते १७:२० | Feb 12, 2018
काठमाडौं। मुक्तिनाथ विकास बैंकले काठमाडौंको बानेश्वरमा नयाँ शाखा खोलेको छ। पूर्वमन्त्री डा भेषबहादुर थापाले बैंकको नयाँ शाखाको उद्घाटन गरेका छन्। 

Tata
GBIME
Nepal Life


 

बैंकको उक्त शाखा संचालनसंगै काठमाण्डौ उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यका बाहिरा ६५ वटा शाखासहित नेपालभर ७४ वटा शाखा पुगेको छ। 
 
बैंकले पुस मसान्तसम्म २१ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। साथै यस अवधिसम्मको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १८.४४ प्रतिशतले वृद्धि भई २६ करोड ४४ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।