मौद्रिक नीतिको अर्द्धबार्षिक समिक्षामा शेयर बजारलाई के आयो उपहार? ओभरड्राफ्टले अप्ठेरोमा

बिजमाण्डू
२०७४ माघ २९ गते १७:११ | Feb 12, 2018
मौद्रिक नीतिको अर्द्धबार्षिक समिक्षामा शेयर बजारलाई के आयो उपहार? ओभरड्राफ्टले अप्ठेरोमा


काठमाडौं। शेयर बजार तारन्तार घट्न थालेपछि मौद्रिक नीतिको समिक्षाबाट उकास्नु पर्ने राय सुझाव र माग लगानीकर्ताहरुले राखेका थिए। 
 
इन्भेष्टर फोरमलगायत विभिन्न संगठनहरुले गभर्नर डा. चिरञ्जिबी नेपाललाई भेटेर शेयर बजार सम्बन्धि नीति खुकुलो पारिदिँदै मार्जिक लेन्डिङको सीमा बढाइ दिन माग राखेका थिए। 


 
राष्ट्र बैंकले सोमबार गुपचुप रुपमा मौद्रिक नीतिको समिक्षा गर्दै शेयर बजारका बारेमा केही पनि राहतको कार्यक्रम ल्याएको छैन। यद्यपी सिसिडी गणना विधिमा लचकताले भने अप्रत्यक्ष रुपमा शेयर बजारलाई सघाउन भने सक्छ। तर ओभरड्राफ्ट लिएर शेयरमा लगानी गरेकाहरुलाई भने बैंकहरुलाई कस्ने संभावना छ।
 
राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जाको सीमा १५ प्रतिशतमा झारिदिएको छ। बैंक तथा वित्तीय संस्थाहरुको डोभरड्राफ्टमा औषत लगानी साढे १७ प्रतिशत छ। साढे २ प्रतिशत बिन्दुले लगानी झार्नु पर्ने भएकाले बैंकहरुले ऋणीहरुलाई कस्ने हुँदा बजारमा असर गर्न सक्छ।

Tata
GBIME
Nepal Life