रोल्पाको घर्तीगाउँमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ, ग्रामीण जनतालाई सहज हुने विश्वास




काठमाडौं। ग्लोबल आइएमई बैंकले रोल्पाको माडी गाउँपालिका २  घर्तीगाँउमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। योसहित बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ६९ पुगेको छ। 
 
माडी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले यो सेवाको शुभारम्भ गरेका छन्। बैंकले उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय कमल घर्ती मगरलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। 


 
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ् सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ। 
 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्यासउने उद्देश्यले ११५ वटा शाखा, १२७  एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६९ शाखारहित बैंकिङ् सेवामाफर्त आफ्ना वित्तीय कारोबार गर्दै आएको छ। 


Share this Story

   

रोल्पाको घर्तीगाउँमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ, ग्रामीण जनतालाई सहज हुने विश्वास को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.