उच्च ब्याजदरको फाइदा जलविद्युत लगानी तथा विकास कम्पनीलार्इ, ९५ प्रतिशतले बढ्यो नाफा




काठमाडौं। उच्च ब्याजदरको फाइदा जलविद्युत लगानी तथा विकास कम्पनीलार्इ भएको छ। बैंकले उच्च ब्याजदरमा निक्षेप संकलन गरेपछि त्यसको प्रत्यक्ष फाइदा जलविद्युत लगानी तथा विकास कम्पनीको नाफामा देखिएको हो।

कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ४१ करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ भने गत आर्थिक वर्षको यहि अवधिमा २१ करोड २७ लाख रुपैयाँ थियो। कम्पनीको ९५ प्रतिशले नाफा बढ्दा कम्पनीले बैंकमा जम्मा गरेको पैसाको व्याज आम्दानी ९२ प्रतिशतले बढेको छ। कम्पनीले ब्याज आम्दानीबाट ५९ करोड ७० लाख रुपैयाँ कमाएको छ। 

त्यस्तै कम्पनीले यस वर्ष व्यावसायिक कर्जा लगानीबाट ५ करोड रुपैयाँ र लाभांश आम्दानीबाट एक करोड १६ लाख रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ९० करोड ६६ लाख रुपैयाँ जम्मा भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ छ।


Share this Story

   

उच्च ब्याजदरको फाइदा जलविद्युत लगानी तथा विकास कम्पनीलार्इ, ९५ प्रतिशतले बढ्यो नाफा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.