सिजीको स्ट्यान्डिङ्ग चेस्ट फ्रिजर बजारमा, माइन १८ डिग्रीसम्म चिसो बनाउन सकिने

बिजमाण्डू
२०७४ माघ २९ गते १४:०६ | Feb 12, 2018
सिजीको स्ट्यान्डिङ्ग चेस्ट फ्रिजर बजारमा, माइन १८ डिग्रीसम्म चिसो बनाउन सकिने
काठमाडौं। इलेक्ट्रोनिक्स कम्पनी सिजीले स्ट्यान्डिङ्ग चेस्ट फ्रिजर बजारमा ल्याएको छ । यो फ्रिजर २७० लिटर क्षमताको रहेको कम्पनीले जानकारी दिएको छ। 
 
यो चेस्ट फ्रिजरमार्फत माइनस १८ डिग्री सेल्सियससम्मको चिसोको प्रयोग गरी खानेकुरालाई स्वच्छ र ताजा बनाउन सक्ने कम्पनीले जनाएको छ। हेर्दा रेफ्रिजेरेटर जस्तै देखिने भएकोले यसको लागि धेरै आवस्यक नपर्ने पनि कम्पनीको भनाइ छ। 
 
यस भित्र धेरै कन्डिस्नर युक्त खण्डहरु रहेको र  जसको कारण यसले पर्याप्त रुपमा चिसो बनाई चिसोपनको राम्रो अनुभुति दिने पनि कम्पनीको भनाइ छ।

Tata
GBIME
Nepal Life

अस्पताल, औषधि पसल र डेरी पसलहरुको यो फ्रिजर उपयुक्त हुने पनि कम्पनीले उल्लेख गरेको छ। फ्रिजरमा ३६ महिनाको वारेण्टी रहेको छ।