बैंकर्स संघभित्र ११% भन्दा बढि ब्याज तोक्न अर्को समिति, अप्ठेरो परेकालाई सघाउने उद्देश्य




काठमाडौं। ११ प्रतिशतभन्दा बढि ब्याज नदिने भनेर सहमति बैंकरले गरेका छन्। तर अप्ठेरो अवस्था पर्दा अलिकति माथिसम्म ब्याज दिएर पैसा लिन सकिने ब्यवस्था पनि बैंकरको छ।
 
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाको नेतृत्वमा अप्ठेरो परेका बैंकलाई अलिकति ब्याज बढि तिरेर पैसा उठाउने छुट दिनका लागि समिति बनेको छ। समितिले बैंकको आवश्यकता हेरेर ११ प्रतिशतभन्दा माथि कतिसम्म ब्याज दिने भन्ने निर्णय गर्छ। त्यसै अनुसार बाँकी बैंकले संस्थागत निक्षेपकर्तासँग बोलकबोल गरेर पैसा उठाउँछन्।
 
निक्षेपको ब्याजलाई धेरै माथि जान नदिन बैंकहरुले गरेको सहमति र अप्ठेरो पर्दा सघाउने समितिको निर्णय भने सबै बैंकले पालना गरेका छैनन्। कृषि विकास बैंकले कर्जा-पूँजी-निक्षेप अनुपात ८० नाघ्न लाग्यो भनेर ११ प्रतिशतभन्दा बढि ब्याज कबुल गर्ने स्वीकृति संघसँग माग्यो।
 
संघको समितिले ११.२५ प्रतिशतसम्म ब्याज दिन कृषि विकास बैंकलाई स्वीकृति दियो। तर बैंकले भने ११.५५ प्रतिशतमा नेपाल टेलिकमसँग पैसा उठाएको छ। यसअघि तरलता अभाव भएर अप्ठेरोमा परेको भन्दै नेपाल क्रेडिट एण्ड कमर्स बैंक, ग्लोबल आइएमइ बैंकलाई पनि समितिले ११ प्रतिशतभन्दा केही बढि ब्याजमा पैसा उठाउन स्वीकृति दिएको थियो। 
 

Share this Story

   

बैंकर्स संघभित्र ११% भन्दा बढि ब्याज तोक्न अर्को समिति, अप्ठेरो परेकालाई सघाउने उद्देश्य को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.