आइपिओका लागि धितोपत्र बोर्डमा आवेदन दिएका अधिकांश जलविद्युत कम्पनीको रेटिङ ‘खराब’

बिजमाण्डू
२०७४ माघ २९ गते १०:५५ | Feb 12, 2018

काठमाडौँ।प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका अधिकांश जलविद्युत कम्पनीले खराब रेटिङ पाएका छन्।

Tata
GBIME
Nepal Life

बोर्डमा आवेदन दिएका १४ जलविद्युत कम्पनीमध्ये ६ वटा कम्पनीले ग्रेड ४ पाएका छन् भने पाँच कम्पनीको सबैभन्दा कम ५ रेटिङ छ।तीन कम्पनी रेटिङ गराउने चरणमा छन्।नेपालमा अहिले इक्रा रेटिङले विभिन्न कम्पनीको रेटिङ गर्दै आएको छ।कम्पनीको विश्वसनीयता र व्यवसायको साखलार्इ क्रेडिट रेटिङले देखाउँछ।कम्पनीको ऋण चुक्ता गर्ने क्षमता,प्रतिस्पर्धी क्षमता,व्यवसाय र नाफा/घाटा हेरेर रेटिङ हुन्छ।इक्राले प्राथमिक शेयरका लागि एकदेखि पाँच ग्रेड दिन्छ।सबैभन्दा राम्रो कम्पनीले एक पाउँछ भने सबैभन्दा खराबले पाँच ग्रेड पाउँछ।

यो आधारमा प्राथमिक शेयरका लागि आवेदन दिएका जलविद्युत कम्पनीको अवस्था सन्तोषजनक नरहेको स्पस्ट हुन्छ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, यूनिक हाईडेल कम्पनी,  शुभम पावर र युनियन हाइड्रोपावर ले पाँच रेटिङ पाएका छन्। कम रेटिङ पाएका जलविद्युत कम्पनीलार्इ बोर्डले शेयर निष्काशनका थप सुधारका लागि निर्देशन समेत दिएको छ।बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले कमजोर रेटिङ पाएका कम्पनीलार्इ सुधारको मौका दिएको बताए।

उनका अनुसार निर्देशनपछि कुनै पनि कम्पनी बोर्डको सम्पर्कमा गएका छैनन्।बोर्डले आँबुखोला जलविद्युत कम्पनी, गरजंग उपत्यका हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, लाउजिङ् हाइड्रोपावर, युनिक हाइड्रोपावर, युनियन हाइड्रोपावर सीइडीबी हाइड्रो फण्ड र शुभम पावरलार्इ सुधारको लागि निर्देशन दिएको थियो।

।बोर्डमा १४ कम्पनीले ३ अर्ब ७३ करोड  ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनका लागि आवेदन दिएका थिए।बोर्डका अनुसार सबैभन्दा कम ग्रेड पाएका पाँच कम्पनी र रेटिङ नगराएको तीन कम्पनीको शेयर ६० करोड २२ लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको छ।स्रोतका अनुसार असिमित खर्च देखाएर जलविद्युत कम्पनीका संस्थापकहरुले ‘सित्तै’मा शेयर लिन्छन्।

त्यही खर्चका कारण जलविद्युत आयोजनाको लागत बढ्ने गरेको छ।जलविद्युत आयोजनाको लागत बढाएर आफ्नो लगानीनै नगरि सित्तैमा शेयर लिने प्रचलनले जलविद्युत कम्पनीको अवस्था खराब भएका हुन्।स्रोतका अनुसार जलविद्युत निर्माण,हाइड्रोमेकानिकल इक्विपमेन्टको खरीदमा संस्थापकले कमिशन खान्छन्।‘जलविद्युत कम्पनीमा जस्तो वेथिती अरुमा छैन।असिमित खर्च देखाएर अन्तिममा सर्वसाधरणको टाउकोमा भार थोपर्ने काम हुँदैछ।’एक लगानीकर्ताले भने,नियमन निकाय नभएको मौका सर्वसाधरणलार्इ ठग्ने काम हुँदैछ।प्राथमिक शेयर निष्काशन गर्दा कडार्इ गरिएन भने धेरै सर्वसाधरणको लगानी डुब्नेछ।‘

कम्पनीको नाम प्राथमिक     
  कित्ता रकम आबेदन मिति इक्रा ग्रेड
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३७१४०० ३७१४०००० २०७३ माघ १२
मैलुंग खोला जलविद्युत कम्पनी ७३६२८६ ७३६२८६०० २०७४ असोज २०
अपर तामाकोशी हाइड्रोपावर  २६४७५००० २६४७५००००० २०७४ कार्तिक ३०
माउन्टेन हाइड्रो नेपाल १२५०००० १२५०००००० २०७४ असोज २५
आँखुखोला जलविद्युत ८००००० ८००००००० २०७३ जेठ ३१
गरजंग उपत्यका हाइड्रोपावर  २००००० २००००००० २०७३ असोज १४
लाफिंग बुद्ध पावर नेपाल ९७८००० ९७८००००० २०७४ जेठ ३१  
यूनिक हाईडेल कम्पनी  ५५०००० ५५०००००० २०७४ जेठ  ३१
सीइडीबि हाइड्रो फण्ड    २२८९३०० २२८९३०००० २०७४ असार २७  
घलेम्दी हाइड्रो ५५०००० ५५०००००० २०७४ असोज २५
रैरांघ हाइड्रोपावर डेभलपमेन्ट  ८४०००० ८४०००००० २०७४ कार्तिक २७
शिब श्री हाइड्रोपावर १४७६४०० १४७६४०००० २०७४ माघ २४
सुभम पावर २००००० २००००००० २०७३ फागुन १८
युनियन हाइड्रोपावर  ६३३७४५ ६३३७४५०० २०७४साउन २९
कुल ३७३५०१३१ ३७३५०१३१००