ओरियन्टल होटल र हिमालयन डिस्टिलरीले नाफा बढाए, यस्तो छ ६ महिनाको वित्तीय विवरण




काठमाडौं। ओरियन्टल होटल र हिमायलन डिस्टिलरीले चालु आर्थिक वर्षको छ महिनामा नाफा बढाएका छन्।

हिमालयन डिस्टिलरीले छ महिनामा ३० करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा २७ करोड ७८ लाख रुपैयाँ थियो। कम्पनीले उत्पादन बिक्रीबाट ९५ करोड रुपैयाँ आम्दानी गरेको  जनाएको छ । गत वर्षको यहि अवधिमा ७६ करोड ३४ लाख रुपैयाँ थियो।
Tata Nexcon AMT


वस्तु उत्पादनको लागि छ महिनामा ५० करोड ६२ लाख रुपैयाँ खर्च भएको छ। कम्पनीका अनुसार चुक्ता पूँजी ३८ करोड ५६ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३० करोड रुपैयाँ जम्मा भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ।

यसैगरी ओरियन्टल होटलले चालु आर्थिक वर्षको छ महिनामा ११ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा १० करोड १९ लाख रुपैयाँ थियो।

होटलले सेवा बिक्री मार्फत खुद नाफा ४६ करोड ७६ लाख रुपैयाँ गरेको जनाएको छ। होटलको चुक्ता पूँजी ९३ करोड ४२ लाख रुपैयाँ छ भने जगेडा कोषमा ९४ करोड ६३ लाख रुपैयाँ जम्मा भएको छ। होटलको प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ।

Share this Story

   

ओरियन्टल होटल र हिमालयन डिस्टिलरीले नाफा बढाए, यस्तो छ ६ महिनाको वित्तीय विवरण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.