काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। संस्थाले माघ २८ गतेसम्म कायम शेयरधनीहरुकालागि २२ लाख ८१ हजार कित्ता हकप्रद निष्कासन गर्ने जनाएको छ।
संस्थाको हकप्रद निष्कासन फागुन १८ देखि चैत २३ गतेसम्म रहने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ।
हकप्रद आवेदनकालागि ग्लोबल आइएमइ क्यापिटल नाचघर, फस्ट माइक्रोफाइनान्सका सम्पूर्ण शाखा कार्यालयहरु र आस्वा सुविधा भएका बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्।
संस्थाको हकप्रद निष्कासन पछि चुक्ता पूँजी संस्थापक तर्फ ५१ प्रतिशत अर्थात ३४ करोड ९० लाख रुपैयाँ र सर्वसधारण तर्फ ४९ प्रतिशत अर्थात ३३ करोड ५३ लाख सहित जम्मा ६८ करोड ४३ लाख रुपैयाँ हुनेछ।
फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद निष्कासन, हकप्रदपछि चुक्तापूँजी ६८ करोड नाघ्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।