एनआर्इसी एशियाले एकै पटक ९ वटा शाखा संचालनमा ल्यायो, नवलपरासीमा मात्रै चार वटा शाखा

बिजमाण्डू
२०७४ माघ २८ गते १७:२० | Feb 11, 2018

काठमाडौं।एनआर्इसी एशिया बैंकले एकै पटक ९ वटा नयाँ शाखा संचालनमा ल्याएको छ।व्यापार र शाखा विस्तारमा एग्रेसिभ बनेको बैंकले एकै पटक ९ नयाँ शाखा संचालनमा ल्याएको हो।

नवलपरासीमा चार स्थानमा नयाँ शाखा संचालनमा ल्याएको छ।बैंकका अनुसार गैंडाकोट नगरपालिका वडा नं. १५ अमरापुरीस्थित अमरापुरी शाखा,  प्रतापपुर नगरपालिका वडा नं २ गोपीगंजस्थित गोपीगंज शाखा, बिनयी त्रिवेणी गाउँपालिका वडा नं १ दुम्कीबासस्थित दुम्कीबास शाखा र मध्यबिन्दु नगरपालिका वडा नं. १० अरुणखोलास्थित अरुणखोला शाखा संचालनमा आएको बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life

बैंकले रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. १२ शंकरपुरस्थित शंकरपुर शाखा, सैनामैना नगरपालिका वडा नं. ३ मुर्गियास्थित मुर्गिया शाखा र तिलोत्तमा नगरपालिका वडा नं. ८ मणिग्राम ४ नम्बरस्थित मणिग्राम ४ नम्बर शाखा संचालनमा ल्याएको छ।बैंकले  कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. १ जितपुरस्थित ४ नम्बर जितपुर शाखा र बुद्धभुमी न.पा. वडा नं. ९, ईमिलियास्थित ईमिलिया शाखा  संचालनमा ल्याएको जनाएको छ।बैंकले मुलुकभर १ सय ७० शाखा संचालनमा छन्।