आइतबार पनि शेयर बजारमा आएन सुधार, शेयर ६.३२ अंकले घट्यो, नेप्से १३८४.७१ अंकमा झर्यो




काठमाडौँ।साताको पहिलो दिन आइतबार शेयर बजार ६.३२ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १३८४.७१ अंकमा झरेको छ।



क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१९ अंकले घटेर २९२.८१ अंकमा ओर्लिएको छ। आइतबार कारोबारको सुरुवात देखिनै नेप्सेको वेव साइटमा समस्या देखिएको थियो। वेव साइटमा समस्या देखिदा कारोबारको पहिलो घण्टा लगानीकर्ता अलमलमा परे। लगानीकर्ताले मूख्य सूचक, उपसूचक र कारोबारलाई प्रत्यक्ष हेर्न पाएनन्। साइटमा समस्या देखिएको भएपनि दोस्रो बजारमा कारोबार सुचारु रहेको थियो।दोस्रो बजारमा कारोबार बन्द हुने समयमा साइटको समस्या हटेको थियो।

आइतबार कारोबारको पहिलो एक घण्टा बजार बढेको थियो। दोस्रो घण्टा बाट घट्न सुरु गरेको बजार कारोबारको अन्त सम्मनै सामान्य उतार चढाबका बीच अन्तमा घटेर बन्द भएको हो। आइतबार १५९ कम्पनीका २४ करोड ४२ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो। सबैभन्दा बढी ओम डेभलपमेन्ट बैंकको संस्थापक शेयर एक करोड ७४ लाख रुपैयाँमा खरिद बिक्री भयो।

कारोबारमा आएका १० उपसूचकमा नौ उपसूचक घटेका छन्। ट्रेडिङ समूहमा कुनै फेर बदल भएन। बैंक २.६७, होटल ३.४, विकास बैंक ८.४६, जलविद्युत २२.४५, फाइनान्स २.६२, बीमा ४०.२२, उत्पादनमूलक ५.५९ अन्य ७.९८ र लघुवित्त १२.७४ अंकले घटेका छन्। आइतबार सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन्। आरएसडीसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब १० प्रतिशत गुमाए।                                                        

Share this Story

   

आइतबार पनि शेयर बजारमा आएन सुधार, शेयर ६.३२ अंकले घट्यो, नेप्से १३८४.७१ अंकमा झर्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.