कारोबार बिनियमावली र मार्जिन ट्रेडिङको कार्यविधि अन्तिम चरणमा, लगानीकर्तालाई दलालमार्फत ऋण




काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार बिनियमवली र मार्जिन ट्रेडिङको कार्यविधि स्वकृतिको लागि नेपाल धितोपत्र बोर्ड पठाउने अन्तिम तयारिमा रहेको जनाएको छ। 
 
नेप्सेको सञ्चालक समिति बैठकले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७४ को छलफल सकेको छ। मार्जिन ट्रेडिङको कार्यविधिलाई समेत सञ्चालक समितिले आइतबार टुंङ्गो लगाउने स्रोतले जनाएको छ। 
 
दुवै कार्यविधिमा सञ्चालकले एकैपटक हस्ताक्षर गर्ने योजना बनाएका छन्। हस्ताक्षर भए लगत्तै स्विकृतिका लागि सम्भवत सोमबार बोर्ड पठाउने योजना रहेको स्रोतले जानकारी दियो।
 
लामो समयदेखि कारोबार बिनियमावलीलाई समयानुकुल परिमार्जन नगरेको आरोप खेप्दै आएको नेप्सेले अक्सन मार्केट र कारोबार प्रत्याभूति कोष (ट्रेड ग्यारेन्टी फण्ड)समेतलाई समेटेर बिनियमावलीलाई अन्तिम रुप दिएको हो।
 
बिनियमाबलीमा ट्रेड ग्यारेन्टी फण्डको समेत व्यवस्था गरिएको छ। बजार निर्माता र धितोपत्र व्यापारीका लागि समेत बिनियमावलीमा संबोधन गरिएको छ।
 
मार्जिन ट्रेडिङको कार्यविधि स्वकृत भए लगत्तै लगानीकर्ताले सदस्य दालालमार्फत शेयर खरिद बिक्री गर्न ऋण पाउने छन्। सदस्य दलालबाटै ऋण उपलब्ध हुदाँ लगानीकर्तालाई सहज हुने र बजार विस्तारमा सहयोग पुग्ने बोर्डको अपेक्षा छ।                       
 

Share this Story

   

कारोबार बिनियमावली र मार्जिन ट्रेडिङको कार्यविधि अन्तिम चरणमा, लगानीकर्तालाई दलालमार्फत ऋण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.