वुटवलमा बन्दैछ नेपालकै पहिलो नमूना सडक, चार लेनको सडकको बीचमा नहर बग्नेछ

बिजमाण्डू
२०७४ माघ २८ गते १०:३० | Feb 11, 2018
वुटवलमा बन्दैछ नेपालकै पहिलो नमूना सडक, चार लेनको सडकको बीचमा नहर बग्नेछ

रुपन्देही। गतबर्षदेखि निर्माण सुरु भएको वुटवल- बेलवासदेखि बेथरी सम्मको साढे २१ किलोमिटरको सडकको काम २५ प्रतिशत सकिएको छ।

Tata
GBIME
Nepal Life

चार लेनको सडकको बीचमा नहर हुनेछ।यो नेपालकै नमूना सडकको रुपमा लिइएको छ।तीन खण्ड बनाएर निर्माण सुरु भएको यो सडकको काममा विद्युत प्राधिकरण,खानेपानी र सिंचार्इको समन्वय अभावका कारण गति लिन सकेको छैन।यो सडकको लागत १ अर्ब ६८ करोड रुपैयाँ हो।अहिलेसम्म ५३ करोड रुपैयाँ मात्रै खर्च भएको छ।

त्रिवर्षिय योजना अनुसार सुरु भएको यो सडक तीन वटा निर्माण कम्पनीले ठेक्का पाएको सडक डिभिजन कार्यालय वुटवलका इन्जिनियर मेघराज केसीले बताए।सडकको बीच भागमा रहेको नहरमा पानी बगिरहने र दुबै साईडबाट सडक निर्माण गरिने  भएकोले  यो  नेपालकै नमुना सडकको रूपमा लिइएको  उनले बताए।