जीप दुर्घटनामा परी सिंचाइ सचिव रामानन्द यादवको मृत्यु, वेपत्ता दुईको खोजीकार्य अझै जारी




काठमाडौं। सिंचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा दुर्घटनामा परेको छ। सचिवलाई त्रिशूलीबाट मृतअवस्थामा बाहिर निकालिएको छ।
 
सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो। बेपत्ता भएका उनका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन्। जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिए। 
 
नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए। चालक निराजन यादव भने घाइते भएका छन्। 
बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए। घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।


Share this Story

   

जीप दुर्घटनामा परी सिंचाइ सचिव रामानन्द यादवको मृत्यु, वेपत्ता दुईको खोजीकार्य अझै जारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.