भारतमा आयोजित प्लास्टिक मेलामा नेपालका ३ सयभन्दा धेरै व्यवसायी सहभागी, सोमबारसम्म मेला चल्ने




विराटनगर। प्रत्येक ३ वर्षमा भारतमा गरिने प्लास्टिक मेलामा नेपालका ३ सयभन्दा बढी व्यवसायी पुगेका छन् । ‘प्लास्ट इन्डिया २०१८’ का नामले भारतको गुजरात राज्यस्थित अहमदावादको गान्धीनगरमा यही फागुन २४ देखिसुरु भएको मेला २९ सम्म चल्नेछ ।
 
गान्धीनगर पुगेका उद्योग सङ्गठन मोरङका कार्यकारी सदस्य एवं प्लास्टिक उद्यमी नन्दकिशोर राठीले नेपालका ३ सय र विराटनगरका ३० लगानीकर्ताले मेलाको अवलोकन गरिरहेको बताए । ‘एउटा प्लास्टिकजन्य उद्योगलाई जे–जे चाहिन्छ, सबै छन्,’ उद्योगपति राठीले भने, ‘उद्योगबाट उत्पादन कसरी हुन्छ, प्रदर्शनीमा देखाइएको छ । कच्चा पदार्थ, सहायक कच्चा पदार्थ सबै राखिएको छ ।’
 
संसारभरिकै प्लास्टिकका सामान बनाउने मुख्य कम्पनी र तिनका मेसिन, मोल्ड लगायतका सबै प्रदर्शनीमा रहेको उनले जानकारी दिए । भारतमा १० औँ संस्करणका रूपमा भइरहेको मेला पहिलो पटक गुजरातमा आयोजना गरिएको हो । यसअघि यो मेला नयाँ दिल्लीमा हुन्थ्यो ।
 
चिनको सङ्घाईमा भने हरेक वर्ष प्लास्टिक मेला हुने गर्छ । नेपालमा प्लास्टिक उद्योगको प्रशस्त सम्भावना रहेको उद्यमी नन्दकिशोरले बताए । उनले भने, ‘सवारी साधनको बडी पनि प्लास्टिकबाटै बनाइन थालेको छ । उठेदेखि सुतेसम्म प्लास्टिकका सामानको उपयोग बढ्दो छ । युरोपमा प्रति व्यक्ति वार्षिक ९ किलोग्राम प्लास्टिक आवश्यक पर्छ । नेपालमा यसको प्रयोग प्रति व्यक्ति २ किलोग्राम छ ।’
 
सरकारले नेपालमा प्लास्टिक उद्योगलाई प्रवद्र्धन गर्ने हो भने तयारी सामान र कच्चा पदार्थको भन्सार महसुलमा कम्तीमा ३ तहको अन्तर बनाउनुपर्ने उनको भनाइ थियो । 


Share this Story

   

भारतमा आयोजित प्लास्टिक मेलामा नेपालका ३ सयभन्दा धेरै व्यवसायी सहभागी, सोमबारसम्म मेला चल्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.