बुटवलमा ‘स्टार्टअप क्यान ईन्फोटेक’ हुने, प्रदेश ५ मा सूचनाप्रविधि विकासको यस्तो छ तयारी

बिजमाण्डू
२०७४ माघ २६ गते १०:३० | Feb 9, 2018

रुपन्देही। बुटवलमा आगामी फागुन २ गतेदेखि ६ गतेसम्म हुने सातौं स्टाटअप क्यान ईन्फोटेक हुने भएको छ। मेलाका लागि प्रचार प्रसार, ब्यानर, पम्प्लेटिङ लगायतका काम तीब्र बनाइएको छ ।

Tata
GBIME
Nepal Life

यसै अवसरमा क्यान महासंघ रुपन्देहीले मेलास्थल बुटवलमण्डपमा सरोकारवालाहरुसंग छलफल गर्यो। सहभागी २५ भन्दा बढी ब्याबसायिक तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधीले मेलाले बुटवलमा मात्र नभइ प्रदेश ५ लाइ नै सूचना प्रबिधीमा अघि बढाउन मद्दत गर्ने बताए ।

कर्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमालले मेलाले सबै दर्शकलाई सूचना प्रबिधीसंग जोड्ने बताए । संस्थाका अध्यक्ष नारायण श्रेष्ठले मेलाले पुर्याउने योगदान र यससंग जोडिएका बिषयबस्तुका बारेमा जानकारी गराए।

ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन्स, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रब्यूर्टस, टेलिकम्यूनिकेशन सफ्टवेयर सोलुसन्स र अन्य रहने बताइएको छ।

इन्फोटेकमा करिब १५० स्टल रहनेछन् र २ लाख सर्वसाधारणहरुले इन्फोटेक अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क ५० रुपैयाँ र विधार्थीहरुलाई  २५ रुपैयाँ तोकिएको छ। प्रदर्शनीमा फ्रि सर्भिस क्याम्प, नेपाली टाईपिङ कम्पिटिसन, डान्स कम्पिटिसन, भर्चुवल गेमिङ लगायतका गतिविधि समेत संचालन हुने बताइएको छ।