सोमर्सबीको भ्यालेन्टाइन डे क्याम्पेन सुरु, स्वप्न सुमन र ज्यासमिन खड्का बने फेस अफ सोमर्सबी

बिजमाण्डू
२०७४ माघ २४ गते १०:२१ | Feb 7, 2018
सोमर्सबीको भ्यालेन्टाइन डे क्याम्पेन सुरु, स्वप्न सुमन र ज्यासमिन खड्का बने फेस अफ सोमर्सबी


काठमाडौं। गोर्खा ब्रुअरीको उत्पादन सोमर्सबीले भ्यालेन्टाइन डे लक्षित क्याम्पेन सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

भ्यालेन्टाइन डेका लागि सोमर्सबीले बिभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ। जसअनुसार गायक स्वप्न सुमन र मोडेल ज्यासमिन खड्कालाई फेस अफ सोमर्सबी चयन भएका छन्।

सोमर्सबीका फ्यानहरुकालागि कम्पनीले यु ट्युब सेन्सेसन मानिएका गायक सुमनलाई चयन गरी बिभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु गर्ने जनाएको छ।
गायक सुमनका १२ वटा गीत तथा भिडियोहरु १ करोड पटक युट्युबमा हेरिएका छन्। उनको द कफी सङ, के सारो राम्री भाको, ए हेल्लो, कसरी भनुँ, तथा म तिम्रो जस्ता गीतहरु चर्चित छन्।  

युवा पुस्ता नै फ्यान फलोइङ भएका गायकलाई भ्यालेन्टाइन डे क्याम्पेनमा चयन गरेको सोमर्सबीले युवाहरुको चाहाना पूरा हुने रिफ्रेसिङ कार्यक्रमहरु ल्याउने पनि जनाएको छ।