प्रदेश सरकार बारे विकास वहस: नितिश कुमारले यसरी हिँडाए विहारलाई उन्नति पथमा

बिजमाण्डू
२०७४ माघ २४ गते ०९:४३ | Feb 7, 2018
प्रदेश सरकार बारे विकास वहस: नितिश कुमारले यसरी हिँडाए विहारलाई उन्नति पथमा
नेपाल संघीय संरचनामा गइसकेको छ। अब केही सातामै सातै वटा प्रदेशले मूख्य मन्त्री पाउने छ। योजनाहरु माथिबाट लाद्ने होइन, तलबाट आउनु पर्छ भन्ने मान्यता साथ विकासलाई मूख्य मन्त्र बनाएर नेपालमा पहिलो पटक प्रदेश सरकारहरु गठन हुँदैछन्। तर प्रदेश सरकार बन्दैमा विकास हुने भने होइन। विकासका लागि प्रदेश सरकार माध्यम हो। प्रदेश प्रदेशबीचको प्रतिस्पर्धाले विकासलाई एक स्तर माथि उठाउँछ भन्ने मान्यता हो। लगानी वातावरण, सुशासन कायम गर्न सकियो भने प्रान्तिय सरकारले विकासलाई जोडतोडका साथ अगाडि बढाउन सक्छ। बिजमाण्डूले संघीय संरचनामा गइसकेको नेपाललाई कसरी विकास पथमा हिडाउन सकिन्छ भनेर भारतका केही राज्यहरुको उदाहरणलाई प्रस्तुत गर्ने जमर्को गरेको छ। नेतृत्व र भिजन राम्रो भयो भने विकास कसरी हुन्छ र संकृणताले राज्यलाई कसरी पछाडि पार्छ भन्ने हामीले उदाहरण प्रस्तुत गर्न खोजेका छौं। पहिलो श्रृङखला विहार राज्यबाट सुरु गरेका छौं। 

Tata
GBIME
Nepal Life

अब बिहारको लागि आइटी कुनै नौलो विषय रहेन। बिहारलाई आइटी डेस्टिनेसन बनाउने योजना अनुसार नितिश कुमारले धेरै काम अघि बढाइसकेका छन्। राजगिरको नालन्दा युनिभर्सिटी नजिकै एकसय एकड जमिनमा आइटी सिटी बन्दैछ। यस्तै पटनामा आइटी पार्क बनिरहेको छ। 
धेरै दशक अघि पनि होइन बिहारमा एउटा भनाइ प्रख्यात थियो  ‘यह आइटी/वाइटी क्या होता है!’ 
 
यो बास्तवमा तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवको ‘पन्चलाइन’ हो जसले अधिकाशं बिहारीको तत्कालीन मनस्थितीलाई प्रतिबिम्बित गरेको थियो।
 
‘लालु-राज’ मा अवस्था कतिसम्म नाजुक थियो भने अलि राम्रो शिक्षा लिन चाहने युवाहरु अन्य राज्यमा जान्थे किनभने बिहारमा हरेक बिधामा लालु प्रेरित ‘माइन्ड सेट’ थियो।
 
तर हिजोको बिहार र आजको बिहारको अनुहार फेरिएको छ, किनभने बिहार हाँक्ने ब्यक्ति फेरिएका छन्। बिहार हाँक्ने नीति फेरिएको छ। आज बिहार समृद्ध बन्दैछ जसको एक मात्र जस पाएका छन् हालका मुख्यमन्त्री नितिश कुमारले। एउटा ब्यक्तिले कसरी कुनै ठाउँलाई ‘दुर्नाम’ र ‘प्रसिद्ध’ बनाउन सक्छ भन्ने बुझ्नलाई नेपालले धेरै परको उदाहरण खोज्नै पर्दैन बिहारका लालु र नितिशकुमारलाई हेरे हुन्छ।
 
भारतको पूर्वी भागमा पर्ने बिहार उत्तरतर्फ नेपालसँग सटेको छ। बिहारको पूर्बमा पश्चिम बंगाल, पश्चिममा उत्तर प्रदेश तथा दक्षिणमा झारखण्ड रहेको छ। नेपालसँग सीमाना जोडिएकोले पनि बिहारसँग नेपालको रोटीबेटीको साइनो निकै पुरानो हो। र, बिहारको आरोह अवरोहले नेपाललाई पनि प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने नै गरेको छ। 
 
भारतका पूर्वी र उत्तरी बजारहरुसँगको निकटता र कोलकाता र हल्दियाजस्ता पोर्टहरुसँग ‘एक्सेस’ रहनु बिहारको लागि फाइदाजनक रह्यो। बिहारको मुख्य शक्ति भनेको कृषि नै हो। लालुप्रसादको चरम भ्रष्टाचारबाट रुग्ण बनेको बिहारमा नितिश कुमारले जुन भिजनकासाथ काम अघि बढाए त्यसकै सफलताका कारण आज बिहार भारतकै कृषि उत्पादक राज्यहरुमध्ये तेस्रो र फलफूल उत्पादकमध्ये छैठौं ठूलो राज्य बनेको छ। 

सन् २००५ बाट सन् २०१५ मा आइसक्दा उनले एक दशकमा बिहारलाई विकासको मोडल बनाइसकेका थिए। दश वर्षमै उनले बिहारको छविमा सुधार ल्याए। ‘रुल अफ ल’ कायम गरे। उनले बिहारमा आधारभूत पूर्बाधारहरु खडा गर्ने तथा मानव विकास सूचकांकमा छलाङ मार्ने तथ्यांक विश्वसामु प्रस्तुत गरे।  
 
सन् २००४/०५ मा बिहारको प्रतिब्यक्ति आय ७ हजार ९१४ भारु रहेको तथ्यांकले देखाएको छ। यस अनुसार  त्यसबेलाको बिहारको प्रतिब्यक्ति आय जम्मा १२४.४४ अमेरिकी डलर थियो। तर त्यसपछि बिहारमा नितिश कुमारले थालेको सुधार अभियानका कारण सन् २०११/१२ मा पुग्दा बिहारको प्रतिब्यक्ति आय ३६५.१ अमेरिकी डलरमा उक्लिसकेको थियो।  सन् २०१६/१७ सम्म आइपुग्दा बिहारको प्रतिब्यक्ति आय बढेर ५९८.३ अमेरिकी डलर पुगिसकेको छ।
 
बिहारमा हाल कृषिमा लागेका जनसंख्या ८० प्रतिशत छन्। बिहारमा कृषि क्षेत्र निकै फस्टाएको छ। यस्तै खाद्य प्रशोधन, डेरी, चिनी उत्पादन तथा स्वास्थ्यक्षेत्रका साथै औद्योगिक प्रतिष्ठानहरुको बिकास भैरहेको छ। 
 
सन् २००५ मा जब नितिश कुमारले बिहारको कमान सम्हाले त्यसबेला बिहार गरिबी, अशिक्षा, आपराधिक गतिबिधि र भ्रष्टाचारको अर्को नाम थियो।  तर जब नितिश कुमारको भिजनले काम गर्यो बिहार सगर्व आफूलाई उदाहरण बनाएर अघि बढिरहेको छ। 
 
के के गरे नितिशले?
मुख्यमन्त्री बन्नुअघि नितिशले रेल तथा पारवहन तथा कृषि मन्त्रीका रुपमा काम गरिसकेका थिए। उनी रेल्वे मन्त्री भएकै बेला ‘इन्टरनेट टिकट’ बुकिङ प्रणाली सुरु गरे। उनकै सरकारको पालामा बिहारमा साइकल र खाद्यान्न सम्बन्धी कार्यक्रम आयो। उनले बिहारमा स्कूल जाने उमेरका छात्राहरुलाई साइकल बाँडे। 
 
यसबाट बिद्यालय शिक्षा पूरा गर्नै छात्राहरुको संख्या बढ्यो। उनकै पालामा बिहारबाट लुटपाटको तथ्यांक स्वात्तै घट्यो। सार्वजनिक लगानीका क्षेत्रमा काम गर्नेहरुको संख्या बढेर ०.९ प्रतिशतबाट ९.१ प्रतिशत पुग्यो। उनले मातृशिशु मृत्युदर घटाउनका लागि पनि पहल गरे। 
 
सन् २०१६ को अगस्टसम्मको तथ्यांक अनुसार बिहारमा ४ सय ७ वटा खाद्य प्रशोधनशालाहरु खुलिसकेका छन्।
 
सन् २०१५ मा केन्द्र सरकारले ३९६.०३ मिलियन डलरको एफडिआइ बिहारको लागि स्वीकृत गर्यो जसबाट बिहारले विश्व स्तरको डिजेल तथा बिद्युतीय गाडी कारखानाहरु स्थापना गरेको छ।
 
सन् २०१७ मै सम्पन्न हुने गरी बिहारको भागलपुर, बिहार सरिफ, पटना र मुजफ्फरपुरलाई स्मार्ट सिटीका रुपमा बिकास गरिएको छ।
 
यस्तै सन् २०१७/१८ को बजेटमा केन्द्रले १.०३ अर्ब डलरको सडक तथा पुल निर्माणको बजेट बिहारकालागि प्रस्ताव गरेको छ। बिहार सरकारले पर्यटकिय क्षेत्रका रुपमा ९ सय साइटको पहिचान गरी त्यसको बिकासका लागि पनि काम गरिरहेको छ। 
 
सन् २०१७ को जुन महिनासम्ममा बिहारमा ११ सय १४ वटा मुख्य र सहायक सडकहरु निर्माण सम्पन्न भैसकेका छन्। 
 
नितिशले थालेका कामहरुले गर्दा बिहारका मानिसहरुमा पनि सकारात्मक उर्जा फैलिइरहेको छ जसकाकारण उनीहरुले नितिशलाई नै पटक पटक मुख्यमन्त्रीका रुपमा चुनिरहेका छन्। 

हिजोको बिहार र आजको बिहारको अनुहार फेरिएको छ, किनभने बिहार हाँक्ने ब्यक्ति फेरिएका छन्। बिहार हाँक्ने नीति फेरिएको छ। आज बिहार समृद्ध बन्दैछ जसको एक मात्र जस पाएका छन्न्छ हालका मुख्यमन्त्री नितिश कुमारले। एउटा ब्यक्तिले कसरी कुनै ठाउँलाई ‘दुर्नाम’ र ‘प्रसिद्ध’ बनाउन सक्छ भन्ने बुझ्नलाई नेपालले धेरै परको उदाहरण खोज्नै पर्दैन बिहारका लालु र नितिशकुमारलाई हेरे हुन्छ।

 
सन् २००५ बाट सन् २०१५ मा आइसक्दा उनले एक दशकमा बिहारलाई विकासको मोडल बनाइसकेका थिए। दश वर्षमै उनले बिहारको छविमा सुधार ल्याए। ‘रुल अफ ल’ कायम गरे। उनले बिहारमा आधारभूत पूर्बाधारहरु खडा गर्ने तथा मानव विकास सूचकांकमा छलाङ मार्ने तथ्यांक विश्वसामु प्रस्तुत गरे।  
 
सन् २००५ देखि २०१५ सम्मको अवधिमा बिहारमा औसतमा १० प्रतिशत आर्थिक बृद्धि देखियो। सन् २००४/०५ मा बिहारको ग्रस स्टेट डोमेस्टिक प्रोडक्ट जम्मा ७७७८१.१६ करोड भारु थियो। यो सन् २०१४/१५ मा पुग्दा बढेर ४०२२८२ करोड भारु भयो। 
 
सन् २०१७ को अगस्टमा प्रस्तुत तथ्यांकका आधारमा बिहारको कुल जिडिपीमा १०.२ प्रतिशतको बृद्धि देखिएको बताइएको छ जसमा कृषि क्षेत्रको ६.५७ प्रतिशतको बृद्धिले टेवा पुर्याएको छ।  सरकारले अबको १५ वर्षको लागि  भिजन डकुमेन्ट, ७ वर्षको स्ट्रयाटेजी डकुमेन्ट र तीन वर्षको कार्यगत योजना समेत तयार पारिसकेको छ। 
 
अब बिहारको लागि आइटी कुनै नौलो विषय रहेन। बिहारलाई आइटी डेस्टिनेसन बनाउने योजना अनुसार नितिश कुमारले धेरै काम अघि बढाइसकेका छन्। राजगिरको नालन्दा युनिभर्सिटी नजिकै एकसय एकड जमिनमा आइटी सिटी बन्दैछ। यस्तै पटनामा आइटी पार्क बनिरहेको छ। 
नितिशको बिश्वास छ ‘आइटीको बिकासले नै सरकारी कामकाजमा पारदर्शिता आउनेछ र यसले राज्यको सबै मौद्रिक प्रणालीहरुको प्रभावकारी अनुगमन गर्नेछ।’
 
आइटीबारे अनभिज्ञता देखाउने पूर्व मुख्यमन्त्री लालु यादब भ्रष्टाचारको आरोपमा जेलमा छन्  भने नितिश कुमारले बिहारलाई सुशासनको बाटोमा डोहोर्याइरहेका छन्।