काठमाडौं। ओप्पो मोवाइलले भ्यालेन्टाइन डे लक्षित गरी ओप्पो एफ फाइभ सिरिजको 'ड्यासिङ ब्लू एडिसन' मोवाइल फोन सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले प्रेमको पवित्रताको प्रतिनिधित्व गर्ने निलो रंगको फोन सार्वजनिक गर्न लागेको जनाएको छ।
फोनको पछिल्लो भागमा रिफ्लेक्टिव (टल्किने) प्यानलको प्रयोग गरिएको छ। यो प्यानलमा प्रकाश पर्दा यसले ऐनाले जस्तै प्रकाश रिफ्लेक्सन गराउँछ। कम्पनीले अहिलेसम्म यो फोनको मूल्य सार्वजनिक गरेको छैन।
 (1).png)
यो फोनमा १८:९ एस्पेक्ट रेसियो र २.५ डी कर्भ्ड ग्लाससहितको ६ इञ्चको फुलएचडी प्लस डिस्प्ले उपलब्ध छ। ओप्पोको कलर ओएस ३.२ सञ्चालन प्रणाली फोनमा प्रयोग गरिएको छ। फोनमा दुई ओटा नानो कार्ड र एउटा टीएफ कार्ड एकैसाथ प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
फोनमा प्रयोग गरिएको ओक्टा–कोर सिपियू प्रोसेसरले कम ऊर्जाको खपत गर्दै ताप उत्सर्जनमा कमी ल्याउनुका साथै सुदृढ तथा छिटो काम गर्ने कम्पनीले जनाएको छ। कम्पनीले यसको क्षमता पनि सार्वजनिक गरेको छैन।
नयाँ फोनमा कम्पनीले १६ मेगापिक्सेल क्षमताको रेयर फेसिङ शुटर र सेल्फीका लागि २० मेगा पिक्सेल क्षमताको सेल्फी क्यामेरा राखेको छ। यो फोनमा ३२ सय एमएएच क्षमताको नन् रिमुभेवल ब्याट्री जडान गरिएको छ। यसमा एन्ड्रोइड ७.१.१ नोउगाटको प्रयोग गरेको छ।
भ्यालेन्टाइन डेमा ओप्पोको ड्यासिङ ब्लू एडिसन आउने, २० मेगापिक्सेल सेल्फी क्यामेरा, मूल्य कति? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।