प्यासिफिक रेमिटेन्स सम्मेलनमा आइएमइका ढकाल, रेमिटेन्समा एसियाको साझा मापदण्ड बनाइने



बिजमाण्डू
२०७० जेठ ९ गते ००:०० | May 23, 2013
प्यासिफिक रेमिटेन्स सम्मेलनमा आइएमइका ढकाल, रेमिटेन्समा एसियाको साझा मापदण्ड बनाइने
काठमाडौ । ईन्टरनेशनल मनि एक्सप्रेस (आईएमई) प्रालिका कार्यकारी अध्यक्ष तथा ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्दप्रसाद ढकालले एसिया प्यासिफिक राष्ट्रहरुको रेमिटेन्स सम्वन्धी सम्मेलन ‘ग्लोबल फोरम अन रेमिटेन्स २०१३’ लाई संबोधन गरेका छन् ।
विश्व बैक र कृषि विकासको लागि अन्तर्राष्ट्रिय कोषद्घारा आयोजना गरिएको सम्मेलनमा अध्यक्ष ढकालले रेमिटेन्सको वर्तमान बजार अवस्था, अवसर तथा चुनौति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले रेमिटेन्सको पैसा औपचारिक माध्यमको प्रयोग गर्न नेपाल लगायतका विकाशशिल राष्ट्रले पहल गर्नुपर्ने बताए ।
उनले औपचारिक माध्यमबाट रकम पठाउन  सरकार, नेपाल राष्ट्र बैंक,  वित्तिय संस्था र रेमिटेन्स कम्पनिहरुको साझेदारी आवश्यक रहेको बताए ।
अध्यक्ष ढकालले मध्यपूर्व र मलेशियामा रहेका आईएमई लगायतका अन्य निजी रेमिट्यान्स कम्पनीहरुको रकमान्तर पद्घती अहिलेपनि कोरिया र भारत जस्ता देशमा रहेका नेपालीले रकम पठाउन नसकेको जानकारी दिए ।
विश्व बैक र कृषि विकासको लागि अन्तराष्ट्रिय कोषद्घारा आयोजित, एशिया प्यासिफिक क्षेत्रमा रेमिट्यान्सको सन्दर्भमा आजको बजार वास्तविकता र भविश्यको अवसर र चुनौतिका लागि साझा धारणा बनाउने उद्घेश्य लिईएको उक्त फोरममा  एशिया प्यासिफिक क्षेत्रका देशका सरकारी, निजी तथा सम्बन्धित क्षेत्रका ४०० भन्दा बढी सहभागि छन् ।
यो फोरमबाट रेमिट्यान्स सम्बन्धि यस क्षेत्रको एउटै साझा मापदण्ड र प्लेटफर्म बन्ने आशा गरिएको छ । ३ दिनसम्म चल्ने सम्मेलन बैकक घोषणपत्र जारी गर्दै विहिवार सकिदैछ ।
 

Tata
GBIME
Nepal Life