नेपाली बजारमा ‘क्यामोन आइ’ मोबाइल बिक्री सुरु, ‘ब्याट्री टिक्ने’ सेटको बजार मूल्य साढे १८ हजार

बिजमाण्डू
२०७४ माघ २३ गते ११:३४ | Feb 6, 2018

काठमाडौं। ट्रान्ससन् होल्डिङले क्यामोन आइ ब्राण्डको नयाँ मोवाइलको विक्री सुरु गरेको छ। क्यामोन सिरिजका सेटमा १३ मेगापिक्सल रियर क्यामेरा रहेको छ भने क्वाड एल.इ. डी लेन्स, फ्ल्यास एवं पाँच पि लेन्स लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

क्यामोन आइ सिरिजको फोनमा प्रयोगकर्ताले ‘फूल भ्यू डिस्प्ले’ मार्फत भिडियो हेर्न, गेम खेल्न, इन्टरनेट चलाउन लगायत विभिन्न एप्स प्रयोगमा सहज र सरल हुने कम्पनीले बताएको छ।

कम्पनीको अनुसार यो सिरिजको फोनमा ‘इनसेल डिस्प्ले’ समावेश भएको कारण यसको टच स्क्रिन उत्कृष्ट रहेको छ। यो सेटमा कम ब्याट्री खपत हुने बताइएको छ।

क्यामोन आइमा तीन जिबीको र्‍याम, ३२ जिबी रोम र १३ जि. एच. जेड क्वाडकोर प्रोसेसर रहेको कम्पनीले जनाएको छ। पहेंलो, निलो र कालो रङ्गमा उपलब्ध क्यामोन आइको बजार मूल्य भने १८ हजार ५ सय रुपैयाँ रहेको ट्रान्ससन् होल्डिङका वितरक  अरिजित तलपत्राले जानकारी दिए।

कम्पनीकै अर्को सेट आइटेल मोवाइलले वितरणको तीन महिनामै बजारबाट राम्रो रेस्पोन्स पाएको पनि कम्पनीले जनाएको छ।

गत सेप्टेम्बरबाट ट्रान्ससन होल्डिङले नेपाली बजारमा आइटेल, टेक्नो मोवाइल, ओराइमो लगायतका सेट भित्र्याएको थियो। आइटेल ब्राण्डले १६ प्रतिशत बजार ओगटिसकेको कम्पनीले दावी गरेको छ।