कालो चिया बेचेर ५० हजार मुनाफा, मासिक १० हजार लगानीमा ६० हजार कुल आम्दानी

रासस
२०७४ माघ २२ गते १५:५९ | Feb 5, 2018
कालो चिया बेचेर ५० हजार मुनाफा, मासिक १० हजार लगानीमा ६० हजार कुल आम्दानी
दाङ। दाङका एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन्। तुलसीपुरमा चिया बेच्दै आएका कमल हलवाइले मासिक ५० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन्। दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उनले बताए। 
 
'दैनिक दुई हजारभन्दा बढी कमाइ हुन्छ,' हलवाइले भने। बजारका पसल पसलमा तथा सडकमा उनले कालो चिया बिक्री गर्दै आएका छन्। उनले एक कप चियाको दाम १० रुपैयाँ लिन्छन्। 
 
चिया पकाउन स्टोप, पकाउने भाँडा र गिलास साथैमा लिएर साँझ बिहान तुलसीपुर बजारका विभिन्न गल्लीमा हलवाइले ग्राहकलाई चिया बिक्री गर्छन्। बाटोमा चिया बेच्दै गरेका हलवाइले कागती, मरिच, चियापत्ति, चिनी र गिलासमा  रकम खर्च हुने गरेको बताए। उनले दैनिक सरदर २०० गिलास १० रुपैयाँका दरले चिया बेच्दा मासिक कुल आम्दानी ६० हजार हुन्छ। उनको १० हजार रुपैयाँ सामान जुटाउन खर्च हुने हुँदा खुद आम्दानी ५० हजार रुपैयाँ हुन्छ।

Tata
GBIME
Nepal Life