जोनीवाकरको नयाँ ह्वीस्की, १८ फरक स्कच ब्लेन्डेड गरेर उत्पादन, १८ बर्ष पुरानै मदिराको मिश्रण

बिजमाण्डू
२०७४ माघ २२ गते १२:२३ | Feb 5, 2018
जोनीवाकरको नयाँ ह्वीस्की, १८ फरक स्कच ब्लेन्डेड गरेर उत्पादन, १८ बर्ष पुरानै मदिराको मिश्रण


काठमाडौं। जोनीवाकरले ब्लेन्डेड स्कच उत्पादन थालेको १८औं बर्ष बनाउँदैछ। यसले अहिले १८ भिन्दाभिन्दै ह्वीस्की उत्पादन गर्छ। कम्पनीले १८औं बर्ष मनाउँदै गर्दा 'जोनिवाकर १८ इयर स्कच ह्विस्की' सार्बजनिक गरेको छ। 
 
आकर्षक प्याकेजिङमा उपलब्ध ह्विस्की यसभन्दा अघि कहिल्यै सिर्जना नगरिएको मिश्रणको पहिचानको रुपमा १८ वर्ष पुरानो ब्लेण्डेड स्कच ह्वीस्की तयार पारिएको विज्ञप्तिमा जनाइएको छ।
 
̎यस मिश्रणको लागि मैले सर्वश्रेष्ठ ह्वीस्कीहरु चयन गरेको छु, जुन १८ हिउँद र गर्मी मौसमहरु सहेर परिपक्व बनेका छन्,' जोनी वाकरको पुरस्कार विजयी मास्टर ब्लेण्डर श्री जिम वेभरिजले भने। 
 
जिम दुई पटकका मास्टर ब्लेण्डर अफ दि एयर हुन्। उनले स्कटल्याण्डको मुख्य ह्वीस्की निर्माण गरिने क्षेत्रहरुबाट झिकिएका १८ बर्ष–पुरानो ब्लेण्डेड स्कच ह्वीस्कीका समिश्रणबाट खोजेर नयाँ बनाएका हुन्। 
 
जोनी वाकरका ग्लोबल ब्राण्ड निर्देशक गाय स्कोल्मले १८ वर्ष–पुरानो ब्लेण्ड बनाउनु निक्कै गाह्रो कुरा भएको भन्दै यो अत्याधिक परिश्रम खर्चिएर तयार पारिएको ह्वीस्की रहेको जानकारी दिए। यसमा चकलेटी क्यारामेल, भेनिला र धुँवाको फ्लेवर हुन्छ। 

Tata
GBIME
Nepal Life