नैतिक मूल्यमा रहेर काम गर्ने क्लिन इनर्जी विश्वकै १५औं बैंक, एसियाको तेस्रो



बिजमाण्डू
२०७० जेठ ८ गते ००:०० | May 22, 2013
नैतिक मूल्यमा रहेर काम गर्ने क्लिन इनर्जी विश्वकै १५औं बैंक, एसियाको तेस्रो
काठमाडौं । क्लिन इनर्जी डेभलपमेन्ट बैंक नैतिक मूल्यमा आधारित रहेर कारोबार गर्ने कम्पनीको रुपमा सम्मान पाएको छ । ग्लोबल एलाएन्स फर बैकिङ अन भ्यालुजले बैंकलाई नैतिक मूल्यका आधारमा कारोबार गर्ने संसारकै १५ र एसियाको तेस्रो बैंकको रुपमा छनौट गरेको हो । यस्तो सम्मान पाउने नेपालको एक मात्रै बैंक हो ।
नृेदरल्यान्ड सरकारको प्रमुख स्वामित्व रहेको युरोपकै सबैभन्दा ठूलो बहुपक्षीय बैंकमध्ये एक एफएमओ बैंकको वैदेशिक लगानी रहेको बैंकले स्वच्छ उर्जामा लगानी गर्ने नेपालको एक मात्रै निजी क्षेत्रको वित्तीय संस्था हो । सन् २००६मा स्थापित बैंकले १ सय ५५ मेगावाटका २६ जलविद्युत परियोजनामा लगानीको प्रतिवद्धता जनाइसकेको छ । बैंकले सन् २०१०मा नेपालको सर्वोत्कृष्ट डेभलपमेन्ट बैंक र पारदर्शीताका लागि २०११मा आइक्यानबाट बेस्ट प्रजेन्टेड एकाउन्टिङ अवार्ड प्राप्त गरेको थियो । बैंककी महाप्रवन्धक वर्षा श्रेष्ठले उर्जा विकासबाट सर्वसाधरणमा लाभ दिनु बैंकको प्रमुख लक्ष्य रहेको बताईन् ।
 

Tata
GBIME
Nepal Life