अध्यक्षको भनाइमा आपत्ति जनाउँदै रोजगार संघका १३ जनाले दिए राजिनामा, नयाँ नेतृत्व चयनको माग



बिजमाण्डू
२०७० जेठ ८ गते ००:०० | May 22, 2013
काठमाडौं । अध्यक्षको कार्यशैलीप्रति चित्त नवुझेपछि वैदेशिक रोजगार व्यवसायीका संघबाट प्रथम उपाध्यक्षसहित १३ जनाले राजिनामा गरेका छन् ।
अध्यक्ष वलवहादुर तामाङले समग्र वैदेशिक रोजगार व्यवसायीहरुको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै प्रथम उपाध्यक्ष  ज्ञानवहादुर गैरे, द्वितीय उपाध्यक्ष कुमुद खनाल, महासचिव कमल तामाङलगायत कार्यसमितिका १३ जनाले राजिनामा गरेका हुन् ।
अध्यक्ष तामाङले सोमबार वैदेशिक रोजगार प्रवद्र्धन वोर्डको कार्यक्रममा ९९ प्रतिशत व्यवसायीले दोहोरो सम्झौतापत्र बनाएर काम गर्ने गरेको बताएका थिए । व्यवसायीको हकहित विरुद्ध वोल्नुको साटो उल्टो विरोध गरेको भन्दै राजिनामा आएको हो । राजिनामा गर्नेहरुले नयाँ नेतृत्वको तुरुन्त चयन गर्नु पर्ने र अध्यक्ष तामाङले राजिनामा गर्नु पर्ने माग राखेका छन् ।
 

Tata
GBIME
Nepal Life