बेलायती लेदरका सामान नेपालमा, जुत्ताको मूल्य १० हजार रुपैयाँदेखि सुरु, बेल्टको १२ हजार रुपैयाँ

बिजमाण्डू
२०७४ माघ १५ गते १०:४७ | Jan 29, 2018
बेलायती लेदरका सामान नेपालमा, जुत्ताको मूल्य १० हजार रुपैयाँदेखि सुरु, बेल्टको १२ हजार रुपैयाँ

काठमाडौं।बेलायती कम्पनी एनपिएसले उत्पादन गरेको जुत्ता,चप्पल,ब्यागको शोरुम विश्वज्योति मलमा खुलेको छ।

Tata
GBIME
Nepal Life

सुप्रिम फेसन इन्टरनेशनलले एनपिएसका उत्पादनको शोरुम खोलेको हो।बेलायतबाटै सामान ल्याएर बिक्री गरिने कम्पनीकी संचालिका अनुराधा श्रेष्ठले बतार्इन्।यो शोरुममा महिला र पुरुष दुबैका सामान पाइने कम्पनीले जनायो।उनले ब्राण्डेड सामानको बिक्री बढिरहेको बताउँदै ब्राण्डेड सामान किन्ने उपभोक्तालार्इ लक्षित गरेर बेलायती कम्पनीको सामान ल्याएको बतार्इन्।

कम्पनीका अनुसार बच्चाको जुत्ता तीन हजार रुपैयाँदेखि सुरु हुनेछ।जेन्ट्स जुत्ताको मूल्य १०हजार रुपैयाँदेखि २९ हजार रुपैयाँसम्मको रहेको बताउँदै जेन्ट्स ब्याग १२ हजार रुपैयाँदेखि २७ हजार रुपैयाँसम्म पर्ने श्रेष्ठले जानकारी दिर्इन्।कम्पनीका अनुसार जेन्ट्स बेल्टको मूल्य १२ हजार रुपैयाँदेखि १७ हजार रुपैयाँसम्मको पाइनेछ।

लेडिज जुत्ता १० हजार रुपैयाँबाट सुरु हुने र २५ हजार रुपैयाँसम्मको पाइने कम्पनीले जनायो।कम्पनीका अनुसार लेडिज ब्याग १२ हजार रुपैयाँदेखि २७ हजार रुपैयाँसम्मको पाइन्छ।कम्पनीले शोरुम उद्घाटनको अवसरमा हरेक खरीदमा १० प्रतिशत छुट पाउने जनाएको छ।यो कम्पनीले सन् १८८१देखि बेलायतका जुत्ता,चप्पल,वेल्ट लगायतका सामान उत्पादन गर्दै आएको छ।